प्रदेश नम्बर ६ को आइडलको अडिसन हुँदै

Posted on: 17 Feb, 2018

फागुन ५, कालीकोट | कालीकोटमा मान्ममा प्रदेश नम्बर ६ को आइडलको अडिसन हुने भएको छ । प्रदेशको सान कला र संस्कृतीको सम्मान हाम्रो अभियान भन्ने नाराका साथ यही फागुन ६ गते प्रदेश आइडल हुन लागेको हो । प्रदेशमा रहेका प्रतिभालाई उजागर गर्ने उद्देश्यले सिङगारो म्युजिक प्रा.लि सुर्खेतले प्रदेश आइडल आयोजना गरेको हो ।

६ नम्बर प्रदेश आइडलका विशाल ढकालका अनुसार प्रदेशनम्वर ६ भित्रका विभिन्न जिल्लामा रहेका गायन प्रतिभालाई प्रस्फुटित गराउनमाघदेखि आइडल सुरु गरिएको छ । प्रदेश ६ का विभिन्न जिल्लामा फरक–फरक कला संस्कृति रहेको र त्यस्ता कला संस्कृतिलाई प्रतिस्पर्धामार्फत् उजागर गराउनआइडलको आयोजना गरिएको ढकालले बताए । कालीकोटका गायन प्रतिभाको खोजी गरिने आयोजकले बताएको छ ।

कालिकोटबाट छनोट भएका प्रतिष्पर्धीलाई सुर्खेतमा हुने फाइनल अडिसनमा सहभागी गराईने छ । आइडल विजेतालाई ३ लाख दोस्रोलाई २ लाख तेस्रोलाई १ लाख र उत्कृष्ट गायकलाई ५० हजार नगदसहित गीत रेकर्डिङ्गको अवसर प्रदान गरिने छ भने उत्कृष्ठ ५ मा पर्ने गायक गायिकालाई आकर्षक पुरस्कारहरु दिइने आयोजकले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!