लोक कला संस्कृतिलाई जोगाउनु मेरो उदेश्य हो: गायिका वर्षा लम्साल

Posted on: 06 Sep, 2017

बाबु राजु लम्साल र आमा विन्दु लम्साल को कोखबाट वि.सं. २०५५ साल वैशाख ५ गते कपिलवस्तु जिल्लाको बुड्ढि भन्ने ठाँउमा सामान्य परिवारमा जन्म लिएकि वर्षा लम्साल १८ वर्ष कै उमेरमा सांगितिक क्षेत्रमा प्रवेश गरेर यतिबेला संगित क्षेत्रमा तहलका मच्याउन सफल भएकि छिन् । 

आमा बुबाको एक्ली छोरी लम्साल घर परिवार, अंकल विष्णु लम्साल, गायक दिपक भण्डारी, सञ्चारकर्मि सन्तोष पन्थी , इमरान खान लगाएतको विशेष सहयोगले गर्दा  सांगितिक क्षेत्रमा प्रवेश गर्न आफू सफल भएको उनि बताउछिन् । 

वर्षा सानै देखि सांगितिक क्षेत्रमा रुचि राख्ने भएको हुादा उनको लक्ष्य ठुलो रहेको छ । हुने विरुवाको चिल्लो पात भने जस्तै उनले सानै उमेरमा सांगितिक क्षेत्रमा फराकिलो ठाँउ बनाउँदै गएकि छिन ।  उनि १७ र १८ वर्षको उमेरमै स्टेज तताउन लागेकि छिन । कपिलवस्तु जिल्लाका विभिन्न ठाउँहरुमा हुने मेला, महोत्सव तथा सांगितिक कार्यक्रमहरु यतिबेला उनको प्रस्तुतिले निकै चर्चा पाउने गरेको छ । 


उनि लोकदोहोरी एल्वम (परेविले) २०७३ सँगै सांगितिक क्षेत्रमा प्रवेश गरेकि हुन । लोक तथा आधुनिक गायक दिपक भण्डारी र वर्षा लमसालको स्वरमा सजिएको (परेविले) भन्ने गित अहिले स्थानिय तहमा निकै चर्चामा आएको छ ।

 सामाजिक संञ्जालमा पनि निकै चर्चा कमाउन सफल गित (परेविले) जिल्लाका मेला महोत्सव तताएको छ । (परेवीले गुण अन्तै सार्यो की) भन्ने उक्त गितको म्युजिक भिडियोको निर्देशन लघु गौतमले गरेका छन् । म्युजिक भिडियोमा अभिनय सुमन, दीक्षा र सुनिल ले गरेका छन । उक्त गितमा स्वरकि धनि वर्षा लमसाल भने कलाकारीता क्षेत्रमा नयाँ नौलो नै भन्नु पर्दछ । 

(परेविले) एल्वमको सफलता सँगै गायिका लम्सालले २०७४ सालको तिज गित एल्वम (चट्ट मायालु) पनि बजारमा ल्याएकि हुन् । जुन गितबाट आफूले सोचे भन्दा बढि सफलता प्राप्त गर्न सफल भएको उनि बताउछिन् । विधान कार्किको लय, शिव खनाल र बर्षाको कर्णप्रिय श्वरमा सझिएको उक्त गितमा शब्द खनालल भरेका हुन भने राजु महोत्रा र पार्वती राईले अभिनय गरेका छन् । 

सांगितिक क्षेत्रमा प्रवेश गर्नेको संख्या दिनानुदिन बढ्दो रहेको छ । पछिल्लो समय हाम्रो देश मा आफनो मौलिक पननै विर्सने गरी गितहरु गाउन थालिएका छन् । लोक गितमा हिन्दी, अंगे्रजि मिसाउन लागिएको छ । 

जसले गर्दा नेपाली कला संस्कृति लोप हुने खतरा देखिन्छ । पैसाको आडमा चर्चा कमाउने गितकारहरु पनि अहिले प्रशस्त देख्न पाईन्छ । नभएको कला पैसाकै भरमा चर्चित र भएको कला पैसाको अभावमा सधै मनमा मात्र यो कुरा पनि नौलो छैन । यस्तो कठिन परिस्थितिका बावजुत पनि वर्षाले आफनो अडान कायम राख्दै केहि गरुँ भन्ने उद्देश्य लिएर सांगितिक क्षेत्रमा आएकि छिन । 

उनको यो कदमलाई सम्मान गर्नै पर्छ । वर्षामा यो क्षेत्रमा पनि केहि गर्न सक्ने आँट देखिन्छ । लोक संगितमा देखिएका विभिन्न चुनौति, कठिन परिस्थितिका बाबजुत पनि किन सांगितिक क्षेत्रमा ?  भन्ने प्रश्न गर्दा लम्साल भन्छिन मेरो लक्ष्य नै मौलिक लोक संस्कृतिलाई बचाउने भएको हुँदा र यो क्षेत्रमा मेरो सानै देखि रुचि रहेको हुँदा प्रवेश गरे र सफल भएरै छाड्छु । 

सांगितिक क्षेत्रमा प्रवेश गरी नाम दाम कमाउछु भनेर घर जग्गा वेचि शहर पसेका समाचारहरु पनि मिडियामा आउँछन । कतै उनको सपना पनि चक्नाचुर हुनेत हैन ? उता लोक तथा दोहोरी गित प्रतिष्ठान जिल्ला कपिलवस्तु अध्यक्ष थानेश्वर अधिकारीले भने सांगितिक क्षेत्रमा प्रवेश गर्नु भन्दा पहिला राम्रो संग बुझेर मात्र प्रवेश गर्न नव कलाकारहरुलाई आग्रह गर्नु भएको छ । 

ठुलो सपना बोकेर सांगितिक क्षेत्रमा प्रवेश गरेकि वर्षा पनि कतै असफल हुनेत हैनिन् ? यो उनको मेहनत र अडानमा भर पर्दछ । सानै उमेरमा चर्चा कमाउन सफल बर्षा ठुलो कलाकार बन्ने सपना बोकेर हिनेकि छिन । 

अग्रज कलाकारको साथ र सहयोग पाए अवश्य अगाडि बढ्न सक्ने उनि बताउाछिन । तसर्थ संस्कृति बचाउने उद्देश्य बोकेर अगाडि बढेकि वर्षाको सपना पुरा गराउन तपाई हाम्रो सहयोग अपरिहार्य रहन्छ । प्रस्तुति: इमरान खान, कपिलवस्तु 


यस बिषयमा तपाइको प्रतिक्रिया...!