कमेडियन विक्की र अभिनेत्री श्रद्धाले गरे बिहे

Posted on: 10 May, 2023

वैशाख २७, काठमाडौँ | कमेडियन विक्की अग्रवाल र अभिनेत्री श्रद्धा प्रसाईंले विवाह गरेका छन्। 

परिवार, आफन्त र नजिकका साथीभाइको उपस्थितिमा उनीहरूले विवाह गरेका हुन्।


आर्मी अफिसर्स क्लबमा उनीहरूको विवाह समारोह चलिरहेको छ। आज बेलुका रिसेप्सन पार्टी पनि राखिएको छ। 

गत मंसिरमा यी दुईले इन्गेजमेन्ट गरेका थिए । कमेडी च्याम्पियनको बेलादेखि नै यो जोडी अफेयरमा थियो । विक्की कमेडी च्याम्पियनका फस्ट रनरअप हुन् भने श्रद्धा निर्देशकीय टिममा थिइन् । श्रद्धाले ‘दर्पणछाया २’ बाट फिल्म करिअर थालेकी थिइन् । ‘प्रेमगीत २’ उनको पछिल्लो फिल्म हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!