‘जवान’ मा शाहरुखको दोहोरो भूमिका

Posted on: 30 Apr, 2023

बैशाख १७, काठमाडौं | पछिल्लो समय बलिउडका ‘किंग खान’ अर्थात् शाहरुख खान लगातार चर्चामा छन् । उनको चर्चाको कारण फिल्म ‘पठान’ र ‘जवान’ भएको छ । 

‘पठान’ मार्फत उनी ४ वर्षपछि पर्दामा फर्किएका हुन् । फिल्म सुपरहिट सावित भइसकेको छ ।


‘पठान’ को चर्चा सेलाउन नपाउँदै अहिले उनी आगामी फिल्म ‘जवान’को कारण चर्चा छाइरहेका छन् । फिल्मका निर्देशक साउथका चर्चित निर्देशक एटली रहेका छन् 

मिडिया रिपोर्टका अनुसार ‘जवान’ भारतीय फिल्मका दुई दिग्गज कलाकार अमिताभ बच्चनको १९८६ मा आएको फिल्म ‘आखिरी रास्ता’ र कमल हासनको फिल्म ‘ओरु कडियान डायरी’ बाट प्रेरित भएको हो । यी दुवै कलाकारले बाबु र छोराको दोहोरो भूमिका निर्वाह गरेका छन् ।

फिल्म ‘जवान’ मा पनि शाहरुख बाबु र छोराको दोहोरो भूमिकामा देखिने बताइएको छ । तर यसको औपचारिक घोषणा भने हुन बाँकी छ । फिल्ममा शाहरुखको अलवा नयनतारा, विजय सेतुपति र सान्या मल्होत्राको पनि मुख्य भूमिका छ । योसँगै ‘पुष्पा’ स्टार अल्लु अर्जुन शाहरुखको फिल्ममा केमियो रोलमा देखिने बताइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!