कुवेतविरुद्धको सेमिफाइनल खेलमा नेपालले गुमायो ७ औ विकेट

Posted on: 29 Apr, 2023

बैशाख १६, काठमाडौं | एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत कुवेतविरुद्धको सेमिफाइनल खेलमा नेपालले ७ विकेट गुमाउदै २४४ रन बनाएको छ |

नेपालको लागि हाल कप्तान रोहित पौडल क्रीजीमा छ भने उनका साथमा सोम्पाल रहेका छन् | रोहितले ८५ बल खेल्दै ७७ रन बनाएका छन् | भने सोम्पालले ९ बल खेलेर  ७ रन बनाएका छन् | वर्षाका कारण केहि बेर रोकिएको खेल  ४२ ओभरमा घटाएर सुरु भएको थियो | 

ओपनरद्वय कुशल भुर्तेल ४३ रन  र आसिफ शेख ३१ रन  र भीम सार्की  १ रन  बनाएर आउट भएका थिए | नेपालका लागि कुशल मल्लले अर्धशतक  ५७  रन बनाएर आउट भए | आरिफ शेखलाई ३५.२ ओभरमा मिट भासर र उस्मान पटेलले आउट गर्दा अर्को बलमा उस्मानले दीपेन्द्रलाई पेभिलियन फर्काए। त्यस पछि सन्दीप लामिछाने ५ रनमा आउट भए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!