वैशाख २२ मा ‘रुटिने’ सँग लगनगाँठो कस्दै रियाशा

Posted on: 25 Apr, 2023

वैशाख १२, काठमाडौँ । कमेडी सिरियल तथा युट्यूवमा चर्चित कलाकार रियाशा दाहाल र रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेल (रुटिने) विवाह बन्धनमा बाँधिने भएका छन् । उनीहरू लामो समयदेखि प्रेम सम्बन्धमा थिए ।


भिक्टर र रियाशाबीच यही २२ वैशाखमा विवाह हुन लागेको निकट स्रोतले जानकारी दिएको छ । उनीहरूले विवाहपछि भक्तपुरको एक पार्टी प्यालेसमा रात्रिभोज आयोजना गरेका छन् । विवाह भने भक्तपुरको सूर्यविनायक निवासी रियाशा र गोलढुंगा निवासी भिक्टर करिब तीन वर्षदेखि गुपचुप प्रेममा थिए । पहिलोपटक नेपाल प्रेसमा उनीहरुको अफेयरबारे समाचार प्रकाशित भएको थियो । यद्यपि, सार्वजनिकरूपमा भने उनीहरू दुवैले आफूहरूको प्रेम स्वीकार गरेका थिएनन् ।

युट्यूवमा प्रशारण हुने भिडिओ सिरिज ‘आजकालको लभ’ बाट रियाशा चर्चामा आएकी हुन् । सो सिरिजबाट अलग भएपछि उनी पछिल्लो समय ‘गाह्रो छ हो’ मा व्यस्त छिन् । म्युजिक भिडियोमा पनि उनी डिमान्डेड नाम हुन् ।

भिक्टर चाहीँ चर्चित फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ का संस्थापक हुन् । यो पेज युवा पुस्तामाझ निकै लोकप्रिय र विश्वसनीय छ । यस पेजका फलोअर्स ३६ लाखभन्दा बढी छन् । भिक्टरलाई यही पेजले ‘रुटिने’ उपनाम दिएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!