पेट्रोल कालोबजारीमा संलग्न दास पक्राउ

Posted on: 23 Aug, 2016

भदौ ७, सप्तरी । कालोबजारी गरी बढी मूल्य लिएर पेट्रोलियम पदार्थ बिक्री वितरण गरेको भन्दै एक पसलेलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । 

बोरिया गाविस–७ घर भई हाल राजविराज–६ निवासी ३० वर्षीय रञ्जीत दासले आफ्नै धानको पसलमा करिब २३ लिटर पेट्रोल लुकाइ राखेको र उनले ग्राहकसँग बढी मूल्य लिएर बिक्री वितरण गरेको पाइएपछि पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो । 

उनलाई गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दासलाई कालोबजारी ऐनअन्तर्गत कारबाही गरिने प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!