कार्यकर्तालाई बाढीपिडीतको सहयोगमा जुट्न नयाँ शक्ति कपिलवस्तुको अपिल

Posted on: 08 Aug, 2016


सोनु कुमार सुनार | साउन २४, कपिलवस्तु । नयाँ शक्ति नेपाल कपिलवस्तुले जिल्लामा हालै आएको बाढी, पहिरो, प्राकृतिक प्रकोप र भवितव्यमा परि ज्यान गुमाउने प्रती गहिरो दुख व्यक्त गर्दै  शोक सत्पत परिवारजन प्रति समवेदना प्रकट गरेको छ ।

साथै यस घटनाबाट चल, अचल सम्पत्ति गुमाएर बेघरबार हुन पुगेका जनताको लागि सक्दो साथ र आवस्यक खाद्य सहयोग तथा स्वास्थ्य उपचार सहितको उद्धारमा जुट्न जिल्ला समिती कपिलवस्तुले कार्यकर्तालाई अपिल गरेको जनाइएको छ ।

उक्त पार्टीको कपिलवस्तु संयोजक नारायण खनालले जिल्ला समितीको तेस्रो पुर्णबैठक पछी एक विज्ञप्ती निकाल्दै यस्तो अपिल गर्नुभएको हो ।

साथै बाढी पहिरो बाट पिडीत केहीले राज्यबाट अझै सम्म पुर्ण राहत पाउन नसकेको भन्दै त्यस्ता गाँउहरुमा सत्यतथ्य तथ्यांक संकलन यथासिघ्र राहतको अनुभूती गराउन सरकार सँग माग गरिएको बताइएको छ । उक्त पार्टीको शनिबार बसेको तेस्रो जिल्ला समितीको बैठकले एकमहिने सांगठनिक , राजनैतिक कामसँगै प्राकृतिक विपत्तीको जोखीममा परेका जनतालाई सहयोग गर्ने निर्णयसमेत गरेको राष्ट्रीय युवा अभियान कपिलवस्तु संयोजक जि.एन पाण्डे ले जानकारी दिनु भयो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!