बैदेशिक रोजगार |


वैशाख १ देखि ७५३ स्थानिय तहबाटै वैदेशिक रोजगारको श्रम-स्वीकृतिमा सहजीकरण गरिने

Posted on March 30, 2023 | views : 704 |

चैत १६, काठमाडौं । वैदेशिक रोजगारीका लागि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिन ७५३ वटै स्थानिय तहको सहयोग लिन सकिने भएको छ । यस अघि बिभिन्न एजेन्टको सहयोगमा श्रम लिन पर्ने बाध्यता रहेको थियो ।  अब वैदेशिक रोजगारमा जान व्यक्तिगत श्रम स्वीकृति लिनेहरुले स्थानिय निकायकै सहयोगमा आवेदन भ

Read More

उत्सव एचआरलाई प्रतिव्यक्ति दुई लाख ६० हजार बुझाएर मलेसिया पुगेका युवाहरु पाँच महिनादेखि तलवबिहिन

Posted on March 29, 2023 | views : 1663 |

शान्ति श्रेष्ठ । चैत १५, काठमाडौँ । वैदेशिक रोजगारको क्रममा पाँच महिना अघि एजेन्ट तथा म्यानपावरलाई चर्को लागत तिरेर मलेसिया पुगेका पाँच जना युवाहरु समस्यामा परेका छन् । गौशाला स्थित उत्सव एचआर सोलुसन प्रालि मार्फत मलेसियाको जलनसिहला स्थित MENA COLLECTION SDN. BHD. कम्पनीमा रोजगारको क्रममा गएका पाँच

Read More

वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका ५ नेपाली पाँच महिनादेखि अलपत्र

Posted on March 29, 2023 | views : 553 |

चैत १५, खोटाङ | खोटाङका दुईसहित पाँच नेपाली युवा पाँच महिनादेखि मलेसियामा अलपत्र छन् । वैदेशिक रोजगारीको सिलसिलामा गत कात्तिकमा मलेसिया पुगेका उनीहरु नेपालस्थित म्यानपावर कम्पनीका एजेन्टको लापरवाहीका कारण अलपत्र परेका हुन् ।  मलेसियामा अलपत्र पर्ने युवामा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपाल

Read More

विदेशमा रहेका श्रमिकका लागि निःशुल्क ‘टेलिमेडिसिन’ सेवा

Posted on March 27, 2023 | views : 528 |

चैत १३, काठमाडौँ |  सरकारले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको स्वास्थ्यसम्बन्धी समस्या समाधानका लागि यही चैत १५ गतेदेखि निःशुल्क ‘टेलिमेडिसिन’ सेवा सुरु गर्ने भएको छ । सो सेवामार्फत विदेशी भूमिमा श्रमिकले भोग्दै आएका स्वास्थ्य समस्या सम्बोधन गर्न आवश्यकताअनुसार समयमा नै सल्लाह, सुझाव र पर

Read More

कुवेतका सरकारी अस्पतालहरुमा दुई हजारभन्दा बढी नेपाली नर्स र टेक्निसियनहरुको माग

Posted on March 27, 2023 | views : 31108 |

चैत १३, काठमाडौँ । कुवेत स्थित स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेका अस्पतालहरुमा ठूलो संख्यामा नेपाली कामदारहरुको माग आएको छ । उक्त माग पूर्तिका लागि कुवेतको सिटि ग्रुप र एडभान्स टेक्नोलोजी कम्पनी मार्फत काठमाडौँस्थित ओमेगा इन्टरनेश्नल प्रालिबीच सम्झौता भएको छ । प्राप्त माग अनुसार नेपाली कामदार लैजान

Read More

वैदेशिक रोजगारीमा जानेले अधिकतम पाँच वर्षको श्रम स्वीकृति पाउने

Posted on March 24, 2023 | views : 691 |

चैत १०, काठमाडौँ | वैदेशिक रोजगारीमा जानेले अब अधिकतम पाँच वर्षको श्रम स्वीकृति पाउने भएका छन् । यसअघि प्रदान गर्नै आएको दुई वर्षे श्रम स्वीकृतिको प्रावधान हटाउँदै अधिकतम पाँच वर्षसम्मको श्रम स्वीकृति प्रदान गरिने तयारी गरिएको वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्यले जानकारी दिनुभयो ।&nb

Read More

२१ लाख ९० हजार ५९२ जना नेपाली विदेशमा

Posted on March 24, 2023 | views : 746 |

चैत १०, काठमाडौँ | २१ लाख ९० हजार भन्दा बढी नेपाली विदेशमा बसोबास गर्ने गरेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को पूर्ण प्रतिवेदनका अनुसार १५ लाख ५५ हजार ९६१ परिवारबाट २१ लाख ९० हजार ५९२ जना अक्सर विदेशमा बस्ने गरेको पाइएको हो । यो गत २०६८ को राष्ट्रिय जनगणनाभन्दा २ लाख ६९ हजार ९८ जनाले बढी हो । २०६

Read More

युके सिजनल भिसा: ११९ राहदानी सहित दुई महिला सामाखुसीबाट पक्राउ (भिडियो सहित)

Posted on March 24, 2023 | views : 2443 |

चैत १०, काठमाडौँ । बैदेशिक रोजगार बिभागले युके सिजनल भिसामा पठाइदिने भन्दै ठगि गर्ने दुई जना महिलाहरुलाई पक्राउ गरेको छ । सामाखुसी स्थित एक पार्टी प्यालेसमा बिभागले छापा मार्ने क्रममा दुई झोलामा ११९ राहदानी सहित पीडितहरुको कागजातहरु जफत गरेको हो ।  पक्राउ पर्नेहरुमा लमजुङ जिल्लाको साविकको मालि

Read More

सामाजिक सुरक्षा कोषमा चार लाख श्रमिक समेटिए

Posted on March 23, 2023 | views : 513 |

चैत ९, काठमाडौं | सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने योगदानकर्ताको सङ्ख्या चार लाख नाघेको छ । सामाजिक सुरक्षा योजना शुभारम्भ भएको चार वर्षमा चार लाख ३० श्रमिक कोषमा सूचीकृत भएका छन् । कोषले २०७५ मङ्सिर ११ गते सामाजिक सुरक्षा योजनाको घोषणा गरेको थियो । कोषमा आबद्ध हुनेमा सबैभन्दा बढी बागमती प्रदेशबाट

Read More

वैदेशिक रोजगारमा १५ वर्षको अन्तरालमा ११ हजार बढीको मृत्यु, तर घटेन आकर्षण

Posted on March 23, 2023 | views : 705 |

चैत ९, काठमाडौं । नेपालबाट वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक जाने नेपालीको संख्या वर्षेनी बढिरहेको पाइएको छ । हरेक वर्ष तीनदेखि साढे चार लाखको संख्यामा नेपालीहरुले विदेशी मुलुकमा पसिना बगाइरहेको वैदेशिक रोजगार बोर्डको तथ्याङ्कमा उल्लेख छ । बोर्डको तथ्यांक अनुसार कुल ५४ लाख १५ हजार ३१७ जना नेपाली

Read More

वैदेशिक रोजगारीमा गएका श्रमिकलाई कोषमा जोड्दा ठूलो राहत पुग्छ : वरिष्ठ उपाध्यक्ष ढकाल

Posted on March 22, 2023 | views : 769 |

चैत ८, काठमाडौं | नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले वैदेशिक रोजगारीमा गएका श्रमिकलाई सरकारले सामाजिक सुरक्षा कोषमा आवद्ध गराउँदा श्रमिक र तिनका परिवारहरुलाई ठूलो राहत पुग्ने बताएका छन् । बुधवार सामाजिक सुरक्षा कोषले काठमाडौँमा आयोजित सामाजिक सुरक्षा योजनाको शुभारम्भ

Read More

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आजदेखि सामाजिक सुरक्षा योजनामा समेटिँदै

Posted on March 22, 2023 | views : 2098 |

चैत ८, काठमाडौं । वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिक आजदेखि सामाजिक सुरक्षा योजनामा समेटिँदै छन् । सामाजिक सुरक्षा कोषले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योजनामा सूचीकृत गर्ने कार्य प्रारम्भ ग

Read More

मलेसियाले विदेशी श्रमिक ल्याउन राेजगारदातालाई नयाँ स्वीकृति नदिने, स्वीकृत भएको कोटामा छिटो ल्याउन निर्देशन

Posted on March 19, 2023 | views : 989 |

चैत ५, काठमाडौँ | मलेसिया सरकारले विदेशी कामदार ल्याउने विषयमा तत्कालकाे लागि त्यहाँका रोजगारदातालाई नयाँ स्वीकृति दिन स्थगित गरेको छ । मलेसियाकाे मानव संसाधन मन्त्रालयले गएको मार्च १४ सम्म विभिन्न कोटामार्फत राेजगारदाताले माग गरेका ९ लाख ९५ हजार ३९६ वटा विदेशी श्रमिकको लागि स्वीकृति दिएकाे छ । 

Read More

गत महिना वैदेशिक रोजगारमा जान ६१ हजार ८४५ जनाले श्रम स्वीकृति लिए

Posted on March 19, 2023 | views : 1015 |

चैत ५, काठमाडौँ । गत फागुन महिनाभर वैदेशिक रोजगारको शिलशिलामा ६१ हजार ८४५ जना नेपालीले अन्तिम श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागद्वारा सार्वजनिक जानकारी अनुसार गत महिना ७० म्यानपावरले १०० भन्दा बढी कामदार पठाएका छन् भने ६९८ म्यानपावरले गत महिना कामदार वैदेशिक रोजगारमा पठाउन सबै प्रक्रिया

Read More

फागुनमा रोजगारीका लागि विदेशिए ६१ हजार ८४५ नेपाली, कुन मुलुकमा कति विदेशिए ?

Posted on March 19, 2023 | views : 963 |

चैत ५, काठमाडौँ | एक महिनाको अवधिमा कामको खोजीमा ६१ हजार ८४५ जना नेपाली विदेशिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार विदेशिने संख्या फागुनमा अघिल्लो महिना (माघ)को तुलनामा भने केही कम देखिएको छ । माघमा ६४ हजार २८४ जना युवा विदेशिएका थिए । यो नयाँ श्रमस्वीकृति तथा पुनः श्रम स्वीकृति लिनेसमेतको संख्या

Read More

दलाल सेटिङको जालो: बिभागको स्वीकृति बिनै मुस्कान ओभरसिसद्वारा मलेसिया पठाउन अन्तर्वार्ता

Posted on March 17, 2023 | views : 1474 |

अनिल अधिकारी । चैत ३, काठमाडौँ । काठमाडौँ सामाखुसी स्थित टाउनप्लानिङमा बिहिबार र शुक्रबार सयौं युवाहरु मलेसिया रोजगारमा जान पाउने आशामा अन्तर्वार्ताको लागि भन्दै भीड लागेको देखियो ।  बिहिबारको भीड केहि व्यवस्थित जस्तो भएपनि शुक्रबार भने अन्तर्वार्ताको बिहान ५ बजेनै पुगेकाहरु म्यानपावरप्रति आक्र

Read More

विदेश जाने युवालाई दुःख नदिनुस्: प्रधानमन्त्री प्रचण्ड

Posted on March 16, 2023 | views : 643 |

चैत २, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले वैदेशिक रोजगारीका क्रममा विदेश जाने युवालाई अनावश्यक दुःख नदिन निर्देशन दिनुभएको छ । बिहीबार दिउँसो गृह मन्त्रालय मातहतको विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले वैदेशिक रोजगारीमा जाँदा युवाले अनेकौँ समस्या भोग्नुप

Read More

खाडी, मलेसिया र युरोप जाँदा तोकिने दुईवर्षे श्रम स्वीकृतिको व्यावस्था हटाइयो

Posted on March 15, 2023 | views : 4407 |

चैत्र १, काठमाडौँ । सरकारले वैदेशिक रोजगारका क्रममा खाडी सहित मलेसिया र युरोपमा वैदेशिक रोजगारको क्रममा जाँदा तोकिने गरेको दुई बर्षे करारपत्रको बाध्यात्मक व्यवस्थालाई हटाएको छ । अब बिदेशमा रहेका नेपालीहरुले सम्बन्धित देशको दुतावासबाटै पुन: श्रम स्वीकृति समेत लिन पाउने भएका छन् ।  प्रधानमन्त्री

Read More

कुवेतमा मृत्यु भएका १०१ नेपाली कामदारका परिवारलाई ७ करोड क्षतिपूर्ति

Posted on March 15, 2023 | views : 554 |

चैत १, काठमाडौँ | कुवेतस्थित नेपाली दूतावासले १०१ जना नेपाली कामदारलाई ७ करोड २७ लाख रुपैयाँ क्षतिपूर्ति नेपाल पठाएको छ । नेपाली दूतावासका अनुसार अदालतमा मुद्दा लडेर मृतकका परिवारलाई क्षतिपूर्ति दिलाएको हो । दूतावासले स्थानीय कानुन व्यवसायीसँग सहयोग लिई अदालतमा मुद्दा लड्दै आएको हो । कुवेतमा एकजना प

Read More

नेपाली श्रमिकको अवस्थाबारे जानकारी लिन सभामुख घिमिरे मनामास्थित नेपाली दूतावासमा

Posted on March 14, 2023 | views : 644 |

फागुन ३०, काठमाडौँ | अन्तरव्यवस्थापिका सङ्घ (आईपीयु)को १४६औँं महासभामा भाग लिन बहराइन पुग्नुभएका सभामुख देवराज घिमिरेले नेपाली श्रमिकको अवस्थाबारे जानकारी लिनुभएको छ । मनामास्थित नेपाली दूतावासमा मङ्गलबार बिहान पुग्नुभएका सभामुख घिमिरेले राजदूत तीर्थराज वाग्ले, दूतावास अधिकारी लगायतसँग नेपाली श्रमिक

Read More

सम्बन्धित मुलुकबाटै श्रम स्वीकृतिको म्याद थप गर्ने व्यवस्था हुँदै, प्रधानमन्त्री कार्यालयमा पुग्यो फाइल

Posted on March 14, 2023 | views : 691 |

फागुन ३०, काठमाडौँ | सरकारले वैदेशिक रोजगारीमा पुगेका कामदारले श्रम स्वीकृतिको म्याद बढाउन अब नेपाल फर्किनु नपर्ने व्यवस्था ल्याउन लागेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यविधि बनाएर प्रधानमन्त्री कार्यालयमा पेस गरेको छ।  श्रम मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैँले सम्ह

Read More

अनलाइनमार्फत बेलायत लैजाने लोभ देखाएर ठगी

Posted on March 13, 2023 | views : 606 |

फागुन २९, काठमाडौँ। बेलायत लैजाने लोभ देखाएर अनलाइनमार्फत रु १५ लाख २० हजार रूपैयाँ ठगी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका–१ की ३६ वर्षीया अञ्जली बिसुन्केलाई प्रहरीले पक्राउ गरेको छ । उनले फ्याङ्कलीन पाउल नामको सामाजिक सञ्जालबाट आफू बेलायती पुरुष भएको र आफ्नो श्रीमती मृत्यु भएकाले नेपाल आएर

Read More

भिजिट भिसामा काम गर्न खाडीका देश हिँडेका १७ सय २८ जनालाई विमानस्थलबाटै फर्काइयो

Posted on March 10, 2023 | views : 1085 |

फागुन २६, काठमाडौँ | भिजिट भिसाको आवरणमा खाडीका देशमा कामका लागि हिँडेका १७ सय २८ जनालाई परामर्श गरी विमानस्थलबाटै फर्काइएको छ । चालु आर्थिक वर्षको वैशाखदेखि फागुन २५ गतेसम्मको अवधिमा भिजिट भिसामा कामका लागि हिँडेका १७ सय २८ जनालाई परामर्श गरी विमानस्थलबाट फर्काइएको मानव बेचबिखन अनुसन्धान ब्युरोले ज

Read More

म्यानपावर कम्पनीले वैदेशिक रोजगारीसम्बन्धी विज्ञापन आफ्नो वेबसाइटमा पनि अनिवार्य राख्नुपर्ने

Posted on March 04, 2023 | views : 667 |

फागुन २०, काठमाडौँ | वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीले वैदेशिक रोजगारीसम्बन्धी विज्ञापन दैनिक पत्रिकामा प्रकाशन गरेपछि आफ्नो वेबसाइटमा पनि अनिवार्य राख्नुपर्ने व्यवस्था गरिएको छ । वैदेशिक  रोजगार  विभागले  यसअघि  म्यानपावर कम्पनीले रोजगारीसम्बन्धी विज्ञापन राष्ट्रिय दै

Read More