हाकिम कुट्छु भन्दै गएकी तारा बराल सरकारी कार्यालय भीत्र आफै कुटिइन् (भिडियो सहित)

Posted on: 28 Feb, 2023

फागुन १६, काठमाडौँ । सामाजिक अभियन्ताको रुपमा परिचय बनाएकी तारा बरालमाथि वैदेशिक रोजगार बिभाग बुद्धनगरको कार्यालयका कुटपिट भएको छ । कम्बोडिया रोजगारमा पठाई बिचल्ली बनाएर पीडित बनाइएको र उल्टो पीडितलाई कुटेको भन्दै आक्रोशित भएर उनि बिभाग पुगेकी थिइन । 

बिभागको कार्यालय परिसरमै हाकिम कुट्ने भन्दै गएकी बराललाई बिभागको लिफ्टबाट बाहिरिने क्रममा हातपात भएको भिडियोमा देखिन्छ । बिभागमा जाने क्रममा बरालले सामाजिक संजालमा लाइभ गर्दै गएकी थिइन् । 

विभाग परिसरभित्रै कुटाकुट भएपछि प्रहरीले बराल समूहका पाँच जना र एक जना वैदेशिक रोजगार व्यवसायीलाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई अहिले प्रहरी वृत्त तीनकुनेमा राखिएको प्रहरीले जनाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!