काठमाडौँ स्थित एक ट्रेनिङ सेन्टरबाट करोडौंको ठगि, ९९७ जनाको राहदानी बरामद

Posted on: 07 Jan, 2023

पुस २३, काठमाडौँ । काठमाडौँ स्थित एक ट्रेनिङ सेन्टरबाट हजारौं युवाहरु वैदेशिक रोजगारको नाममा ठगिएको पाइएको छ । शुक्रबार भएको स्टीङ अप्रेशनको क्रममा उक्त ट्रेनिङ सेन्टरबाट ९९७ जनाको राहदानी बरामद गरिएको छ । 


बाँसबारीस्थित सी स्टार सिपिङ सर्भिसेस एण्ड ट्रेनिङ सेन्टर प्रालि संचालन गरि युवाहरुलाई बिभिन्न देशमा पठाइदिने भन्दै करोडौं रकम अग्रिम अशुली गरेको पीडितहरुले बताएका छन् । यस क्रममा बैदेशिक रोजगार बिभागले उक्त कम्पनीबाट ९९७ जनाको पासपोर्ट बरामद गरि बिभाग लागेको छ । त्यस्तै बिभागले उक्त कम्पनी संचालन भएको घरलाई शील गरेको छ । स्टीङ अप्रेशनको क्रममा ४ वटा झोला र स्कुटरको डिकीमा राखिएको अवस्थामा पासपोर्टहरु फेला परेको हो । 


उक्त कम्पनी काठमाडौँ स्थित गोकर्णेश्वर ६ बस्ने ४४ बर्षीय लाल बहादुर लामाले संचालन गरेको र कम्पनीमा सीईओको रुपमा रोशन न्यौपाने रहेको पाइएको छ । उक्त कम्पनिमा युवाहरुले प्रतिव्यक्ति एक लाखदेखि ५ लाखसम्म अग्रिम बुझाएको पाइएको छ । ठगीमा संलग्न लामाले पैसा अशुलीको लागि आफ्नो ब्ल्यांक चेक दिएर भरोशामा पार्ने गरेको समेत खुलेको छ ।


पछिल्लो समय वैदेशिक रोजगारमा अवैधानिक कारोबार बढ्दै गएको छ । सरकारी निकायबाट यस्ता किसिमका क्रियाकलाप नियन्त्रणमा चासो नभएको कारण ठगिको साम्राज्य फैलिदै गएको गुनाशो बढेको छ ।

यस सम्बन्धित स्थलगत रिपोर्ट तलको भिडियोमा हेर्नुहोस्: 


यस बिषयमा तपाइको प्रतिक्रिया...!