म्यानपावर बिरुद्ध अभियान्ताहरुको आतंक: पीडितलाई उक्साएर उद्दार गरेको भन्दै प्रचार !

Posted on: 04 Jan, 2023

पुस २०, काठमाडौँ । मलेसियाबाट ६ जना पीडितको सकुसल उद्दार गरेको भन्दै केहिदिन अघि अभियान्ता हेमराज थापा लगायत टिमले सामाजिक संजाल तथा युटुवमा हालेको भिडियोबारे म्यानपावर कम्पनीले आपत्ति जनाएको छ । म्यानपावर आफैले मलेसिया पुगेर पीडितहरुको समस्या समाधानको प्रयास गरि आफैले टिकट काटेर नेपाल फिर्ता ल्याएको अवस्थामा अभियान्ताहरुले सस्तो लोकप्रियताको लागि आफूहरुले उद्दार गरेको भन्दै भिडियो तथा फोटो खिचेको म्यानपावरको आरोप छ । 

दुई महिना अघि काठमाडौँ स्थित देवान कन्सल्टेन्ट म्यानपावरबाट मलेसिया रोजगारको क्रममा गएका बाजुराका नरेश बहादुर विक र प्रकाश बोगटी, धादिङका राजकुमार विक र मिलन सुनुवार, गुल्मीका पवन केसी र चितवनका राज महतोले आफूहरुलाई भनेजति काम र तलब नदिएको भन्दै गुनाशो गरेका थिए । देवान म्यानपावरका अनुसार युवाहरुको गुनाशोपछि म्यानपावरको तर्फबाट मलेसियामै पुगेर समस्या समाधानको प्रयास भएको थियो । तर युवाहरुले आफूहरु नेपालनै फर्कने भनेर भनेपछि म्यानपावरले नेपाल फिर्ताको लागि प्रकृया अगाडी बढाएको जनाएको छ । 

युवाहरुको पासपोर्ट मलेसियामा इमिग्रेसन क्लियरेन्सको प्रक्रियामा रहेको कारण केहि दिन नेपाल फिर्ता गराउन ढिलो भएको म्यानपावर कम्पनीको भनाई छ । तर पासपोर्ट कम्पनीमा आएपछि नेपालमा रहेको म्यानपावर आफैले टिकट काटेर उनीहरुलाई नेपाल फिर्ता गराइएको थियो । 

मलेसियाबाट नेपाल फिर्ता भएका ६ जना युवाहरुले नेपाल फिर्ता हुने क्रममा अभियान्ता हेमराज थापा लगायतलाई आफूहरु नेपाल आउने जानकारी गराएका थिए । त्यस क्रममा युवाहरु आउने सूचना पाएका थापा सहित युटूव मिडियाको टोली नेपाल एयरपोर्ट पुगेको म्यानपावर कम्पनी तथा नेपाल फर्किएका युवाहरुले बताएका छन् । त्यस क्रममा युवाहरुले अभियान्ताकै उक्साहटमा म्यानपावरका संचालकहरु बिरुद्ध झुटा आरोप लगाएर बोल्न लगाएको युवाहरुले भनाई छ । यस सम्बन्धमा युवाहरुले समेत अभियान्ताहरुले क्षेतिपूर्ति पाउने भए म्यानपावर बिरुद्ध बोल्न भनि उक्साएको बताएका छन् । 


अभियान्ताहरुले एयरपोर्टमै पुगेर खिचेको भिडियोमा मलेसियाबाट फर्किएका बाजुरा घर भएका नरेश बहादुर बिकले म्यानपावरले नेपाल फर्किए मार्ने धम्कि दिएको बताएका थिए । तर बिकले उक्त अभिव्यक्ति आफूले अभियान्ताले उक्साएको कारण दिएको बताएका छन् । उनले आफूहरुले म्यानपावरबाट क्षेतीपूर्ति पाइन्छ भनेर उक्त अभिव्यक्ति दिएको जिकिर गरे । 

आफूहरु मलेसियाबाट आएको थाहा पाएपछि हेमराज थापासहितका केही सामाजिक अभियन्ता विमानस्थलमा आएको र उनीहरूले ‘हामी तपाईहरूका लागि छौँ’ भन्दै फोटो र भिडियो खिचेका हुन् । हामीलाई उक्साएर म्यानपावर बिरुद्ध बोल्न लगाइएको थियो' मलेसियाबाट फर्किएकाहरुको भनाई छ । 

म्यानपावरका अनुसार पीडित भनिएकाहरूबारे अभियान्ताहरुले म्यानपावर, बैदेशिक रोजगार बिभाग तथा मलेसिया स्थित दुतावास कहिँ कतै उद्दारको लागि पहल समेत गरेका थिएनन् । तर मलेसियाबाट फर्किएका युवाहरुलाई आफैले उद्दार गरेको क्रेडिट लिएर भिडियोमा बोल्न लगाई आफ्नो स्वार्थ पुरा गरेको म्यानपावरको आरोप छ । 

म्यानपावरको अनुसार मलेसियाबाट फर्काइएका युवाहरुलाई नेपाल झिकाउन अभियान्ताहरुको कुनै हात छैन । तर अभियान्ता हेमराज थापा लगायतले आफूहरुले मलेसियामा पीडित ६ जना युवाहरुलाई उद्दार गरेको भन्दै सामाजिक संजालमा पोष्ट गर्नुको साथै भिडियोमा अभिव्यक्ति दिएका छन् । त्यसो त यसै सम्बन्धमा मलेसियाबाट फर्किएका युवाहरुले आफूहरुलाई अभियान्ताहरुले हाम्रै कारण उद्दार भएको भनि भ्रममा पारेको बताएका छन् । 


‘अन्तिममा उनीहरूले हामीलाई उद्धार गरेको भन्दै फोटो सामाजिक सञ्जालमा पोष्ट गरेछन् । हामीलाई म्यानपावरले नै टिकट काटेर नेपाल फिर्ता ल्याएको हो’, मलेसियाबाट फर्किएका पवन केसीले भने, ‘म्यानपावरले हामीलाई नेपालमा लागेको खर्च समेत दिएको छ । फेरी फ्रि भिसा र फ्रि टिकटमा पठाइदिन्छु भनेको छ ।’ 

केही समययता वैदेशिक रोजगार क्षेत्रमा सामाजिक अभियन्ताहरूले आतंक मच्चाइरहेको भन्दै म्यानपावर व्यवसायीहरुले आलोचना गर्दै आएका छन् । यस क्रममा पीडित देखाएर केहि अभियान्ताहरुले बार्गेनिङ समेत गर्ने गरेको आरोप छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!