राहदानी (पासपोर्ट) वितरण अनिश्चित कालको लागि अवरुद्ध

Posted on: 04 Jan, 2023

पुस २०, काठमाडौँ । सिस्टममा समस्या आएको भन्दै अर्को सूचना नआएसम्म राहदानी बनाउन बिभागमा नआउन सेवाग्राहीलाई राहदानी विभागले आग्रह गरेको छ । राहदानी लिनका लागि भीडभाड बढिरहेको अवस्थामा बिभागले सिस्टममा समस्या आएको सूचना मार्फत जानकारी दिएको हो । 

राहदानी बिभागमा पुस १७ गतेदेखिनै सिस्टममा समस्या आएको छ । जसकोकारण राहदानी आवेदनको स्टाटस हेर्ने तथा राहदानी वितरण कार्य अवरुद्ध भएको छ । सेवा अवरुद्ध भएसँगै राहदानी बनाउन जानेहरु अन्यौलमा छन् । बिभागका अनुसार यस अघिनै राहदानी बनाउने पालो पाएकाहरुले भने सेवा पाउनेछन् । तर नयाँ समय लिने सिस्टम अवरुद्ध छ । बिभागले समस्या समाधानको प्रयास भईरहेको बताएको छ । विभागले मंगलबार एक विज्ञप्ति जारी गर्दै अर्को सूचना जारी नहुँदासम्मका राहदानी सेवा लिनको लागि विभागमा उपस्थित नभइदिन सेवाग्राहीहरुलाई अनुरोध गरेको छ । 

केहि दिन अघि मात्र गृहमन्त्री रवि लामिछानेले राहदानी बिभागमा पुगेर सेवाग्राहीले पाएको अनावश्यक सांस्ती हटाउन निर्देशन दिएका थिए । राहदानी बनाउन समस्या भएको सम्बन्धमा बिभागका अधिकारीहरुसँग बुझ्दा बिभिन्न बहानाबाजी हुने गरेको छ। राहदानी बनाउने समय लिन बिचौलियाहरुले मात्र जानकारी पाउने गरेको कारण देशभरका युवाहरुले बिचौलियाहरुको भर पर्नुपरेको अवस्था छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!