नयाँ सरकारका सहयोगी भन्दै म्यानपावरहरुमा युटुवर आतंक !

Posted on: 03 Jan, 2023

पुस १९, काठमाडौँ । वैदेशिक रोजगार क्षेत्रलाई बदनाम गर्ने र सस्तो लोकप्रियता कमाउने उद्देश्यले केहि दिनदेखी आफुहरुलाई युटुवर अभियान्ताको नाम दिइ गुण्डागर्दि भईरहेको भन्दै प्रगतिशील वैदेशिक रोजगार ब्याबसायी मंच नेपालले बिज्ञप्ति जारी गरेको छ ।

जारी बिज्ञप्तिमा भनिएको छ 'अनाधिकृत युवटुवरहरुले नवगठित सरकारको सहयोगी हौँ भनि गुण्डागर्दि गरी कानुन हातमा लिएर व्यवसायीहरुको कार्यालयमा उपस्थित भई व्यवसायी माथि कुटपिट गर्ने, गाली-बेइज्जती गर्ने, धम्की दिने र बिषय भन्दा फरक युटुवमा राखेर  राखि प्रशारण गरि बेइज्जत गर्ने गैरकानुनी कार्य गरिरहेको छन् । उक्त कार्यप्रति खेद जनाउदै यस्ता गैरकानुनी कार्य गर्ने तत्वलाइ कानुनी दायरामा ल्याइ कारबाही गर्न नेपाल सरकार र समन्धित निकायसँग माग गर्दछौं ।' 

बिज्ञप्तिमा वर्तमान बेरोजगारीको अवस्थालाई अल्पकालीन समयमा समाधान गर्न वैदेशिक रोजगार व्यवसायीले यस क्षेत्रमा पुर्याएको योगदानलाई गिजोल्ने, व्यवसायी माथि आक्रमण गर्ने र गुण्डागर्दी गरि कानुन हातमा लिने तत्वलाई पहिचान गरि कानुनी दायरामा ल्याउन ल्याउन माग गरिएको छ । बिज्ञप्ति अनुसार पीडितहरुलाई समस्यामा पर्दा सम्बन्धित ब्यावसायी कम्पनी, संघ र बिभाग समक्ष आफ्नो सामस्या राख्न अनुरोध गरिएको छ । 

यस्तो छ जारी बिज्ञप्ति 

प्रेस विज्ञाप्ती 

स्वदेशमा बेरोजगारी अवस्थाको कारण वैदेशिक रोजगार बाध्यात्मक र आवश्यकता रहेको छ । वैदेशिक रोजगारीबाट प्राप्त रेमिटान्स अर्थतन्त्रको मेरुदण्डको रुपमा स्थापित भएको छ । कोभिड-१९ पछिको बेरोजगारी चापले अझ यसको आवश्यकता बढेको छ । 

रेमिट्यान्सको संवाहक वैदेशिक रोजगार क्षेत्रमा कृयाशिल करिब आठ सय ८० व्यवसायीहरु वैदेशिक रोजगार ऎन, नियमावली साथै प्रचलित कानुनको अधीनमा रहि प्रत्येक कम्पनीले दुई करोड देखि छ करोडसम्म धरौटी राखि व्यवसाय संचालन गर्दै आएका छौं । 

यस क्षेत्रलाई बदनाम गर्ने उद्देश्यले केहि दिनदेखी आफुहरुलाई युटूवर अभियन्ताको नाम दिइ गुण्डागर्दि गर्ने एउटा समूह सक्रिय रहेका छन् । अनाधिकृत युवटुवरहरुले नवगठित सरकारको सहयोगी हौँ भन्दै गुण्डागर्दि गरी कानुन हातमा लिएर व्यवसायीहरुको कार्यालयमा उपस्तिथ भई व्यवसायी माथि कुटपिट गर्ने, गालीबेइज्जती गर्ने, धम्की दिने र बिषय भन्दा फरक युटुवमा राखी  प्रशारण गरि बेइज्जत गर्ने गैरकानुनी कार्य गरिरहेको छन् । उक्त कार्यप्रति खेद जनाउदै यस्ता गैरकानुनी कार्य गर्ने तत्वलाई कानुनी दायरामा ल्याई कारबाही गर्न नेपाल सरकार र सम्बन्धित निकायसँग माग गर्दछौं । 

वर्तमान बेरोजगारीको अवस्थालाई अल्पकालीन समयमा समाधान गर्न यस क्षेत्रले पुर्याएको योगदानलाई गिजोल्ने, व्यवसायीहरुमाथि आक्रमण गर्ने र गुण्डागर्दी गरि कानुन हातमा लिने यस्ता तत्वलाई पहिचान गरि कानुनी दायरामा ल्याउन माग गर्दछौं । साथै वैदेशिक रोजगारमा रहनु भएका दाजुभाइ दिदिबहिनीहरुलाई समस्या परेमा सम्बन्धित व्यावसायी कम्पनी, संघ र बिभागमा समक्ष राख्न अनुरोध गर्दछौं ।

राजेन्द्र भण्डारी          जनक रावल

अध्यक्ष                     महासचिव 

प्रगतिशील वैदेशिक रोजगार ब्याबसायी मंच,नेपाल 

गौशाला, काठमाडौ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!