वैशाख महिना: सबैभन्दा बढी कामदार पठाउने म्यानपावरहरु कुन-कुन ? (विवरण सहित)

Posted on: 06 Jun, 2022

जेठ  २२, काठमाडौँ । कोरोना महामारीपछि वैदेशिक रोजगार क्षेत्र पुरानै लयमा फर्किएको छ । गत वैशाखमा ६०७ म्यानपावर कम्पनीबाट १७ हजार ४७८ जना नेपाली कामदार वैदेशिक रोजगार क्रममा बिभिन्न देशमा पुगेका छन् । वैशाख महिनामा वैदेशिक रोजगारमा जानेहरुमध्ये २ हजार ३४९ जना महिला र १५ हजार १२९ जना पुरुष रहेका छन् । 

गत वैशाखमा काठमाडौँ स्थित भिजन एण्ड भ्यालु ओभरसिज प्रालिले सबैभन्दा बढी कामदार वैदेशिक रोजगारमा पठाएको छ । यो म्यानपावरले २५ जना महिला र ३०८ जना पुरुष कामदार वैशाख महिनाभर वैदेशिक रोजगारमा पठाउने प्रयोजनमा सरकारबाट श्रम स्वीकृति लिएको पाइएको छ । त्यसै दोश्रो नम्बरमा ललितपुर स्थिति प्याराडाइज इन्टरनेशनल प्रालिले ३२७ जना कामदार वैदेशिक रोजगारमा पठाउन अन्तिम श्रम स्वीकृति पाएको छ । यो म्यानपावरबाट वैशाखमा मात्र ६९ जना महिलाले वैदेशिक रोजगारको लागि अन्तिम श्रम स्वीकृति पाएका छन् । त्यस्तै वैशाख महिनामा काठमाडौँ स्थित एसआरके नेपाल प्रालिले १०२ महिला सहित ३१० कामदार वैदेशिक रोजगारमा पठाउन सरकारबाट श्रम स्वीकृति लिएको पाइएको छ । 

वैशाख महिनामा धेरै कामदार पठाउने मुख्य ५० म्यानपावरहरुको विवरण तल हेर्नुहोस् । 


स्रोत: वैदेशिक रोजगार बिभाग 

तपाइँलाई थाहा छ ? वैदेशिक रोजगार एप डाउनलोड गरि वैदेशिक रोजगारको सबै जानकारी पाउन सकिन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!