साउदीमा नेपाली कामदारको माग, मासिक तलब कति ?

Posted on: 28 Feb, 2022

फागुन १६, काठमाडौँ ।साउदीको रियाद सहरमा रहेको साउदी म्यानपावर सोलुसन कम्पनीले ५० जना पुरुष नेपाली कामदारको माग गरेको छ ।  

यस कम्पनीमा कम गर्नका लागि न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । कामदारको करार अवधि २ वर्षे रहेको छ । कामदारले कम्पनीको नियमअनुसार वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले मासिक तलब खान बस्न सहित ३२ हजार बढि पाउनेछ । इच्छुक कामदारले साउन्डलाईन्स रिक्रुटमेन्ट प्रा.लि.  को कार्यालय महालक्ष्मीथान ललितपुरमा फागुन २० गते अन्तरवार्ता दिनु पर्ने छ ।

हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । यस्तै, स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नुपर्ने छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!