कतारमा श्रमशोषणका घटना वृद्धि, श्रम मन्त्रालयमा २ हजार बढी श्रमिक उजुरी

Posted on: 16 Feb, 2022

फागुन ४, काठमाडौँ । पछिल्लो समय कतारमा श्रमशोषणका घटनाहरूमा वृद्धि भएको छ । विभिन्न कम्पनी तथा प्रतिष्ठानहरूविरुद्ध श्रम मन्त्रालयमा २ हजारभन्दा बढी श्रमिक उजुरी परेको मन्त्रालयले जनाएको छ ।

हालैका महिनाहरूमा काम गर्ने घण्टा, तलब, र अन्य धेरै उल्लंघनका घटनाहरूमा थप वृद्धि हुन थालेसँगै मन्त्रालयमा उजुरी बढेको हो ।पत्रकार बेन्जामिनले ट्विट गर्दै कर्निचे परियोजनामा काम गर्ने नेपाली कामदार र उनका केही सहकर्मीहरूले चार महिनादेखि तलब नपाएको बताएका छन् ।

यस्तो भएको यो पहिलो पटक भने होइन । यसअघि मन्त्रालयले अनुसन्धान थालेको र कम्पनीहरूलाई जरिवाना गरेको तर, श्रम सुधारका बाबजुद पनि यस्ता उल्लंघन बारम्बार हुँदै आइरहेका छन् । बेन्जामिनका अनुसार कतिपय कम्पनीहरूले उनीहरूको शोषण गर्न कमजोरी फेला पार्छन् वा उनीहरूलाई उनीहरूको पूर्ण अधिकारबाट रोक्न रणनीति प्रयोग गर्ने गर्दछन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!