गत दुई वर्षदेखि बन्द अष्ट्रेलिया फेब्रुअरी २१ देखि सबैका लागि खोलिने

Posted on: 13 Feb, 2022

फागुन १, काठमाडौँ । कोरोनाको कहरले दुई वर्षदेखि बन्द रहेको अष्ट्रेलियाको सिमाना अब सबैका लागि खुला भएको छ।

संघीय सरकारको सुरक्षा समितिले आगामी फेब्रुअरी २१ तारिखदेखि सबै भिसावाहकका लागि सिमाना खुला गर्ने निर्णय गरेको प्रधानमन्त्री स्कट मोरिसनले जानकारी दिएका छन्।

मान्यता प्राप्त खोपको पूर्ण मात्रा लगाएका सबै भिसावाहकले अब सहजै अष्ट्रेलिया आउन पाउने प्रधानमन्त्री मोरिसनले बताए।

खोप नलगाएका यात्रुले भने आउनुअघि पूर्व अनुमति लिनुपर्नेछ। यसअघि सरकारले डिसेम्बर १५ देखि विद्यार्थीलगायत विभिन्न २८ वटा भिसावाहकका लागि सिमाना खुला गरेको थियो। 

सरकारको पछिल्लो निर्णयको सर्वत्र स्वागत भएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!