मलेसियामा रोजगारको लागि नयाँ मागपत्र प्रमाणीकरण शुरू

Posted on: 12 Feb, 2022

माघ २९, काठमाडौँ । विभिन्न कारण साढे तीन वर्षदेखि बन्द रहेको मलेसिया रोजगारको मागपत्र प्रमाणीकरणको काम सुरु भएको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ । मलेसियाले यही जनवरी २८ देखि विदेशी कामदार भर्ना प्रक्रिया सुरुवात गरेपछि नेपाली दूतावासले माग प्रमाणीकरण गर्ने भएकाे हाे । 

मलेसिया स्थित दुतावासले शुक्रबार एक सूचना जारी गर्दै नयाँ मागपत्र प्रमाणीकरणको काम सुरु भएको जनाएको छ । दुतावासले जारी गरेको सूचना अनुसार नयाँ मागपत्र प्रमाणीकरणको लागि मंगलबार, बुधबार र बिहिबार पेश गर्न सकिनेछ भने सोमबार बुझिलिने जनाएको छ । जसको लागि २ बजेदेखि ४:३० बजेसम्मको समय निर्धारण समेत गरेको सूचनामा उल्लेख छ । 

दुतावासले मागपत्र प्रमाणीकरणको लागि आवश्यक कागजातहरु पेश गर्नुभन्दा पहिले दुतावासको वेवपेजमा उपलब्ध अनलाइन फारम भर्ने र पेश गर्ने समय लिन अनुरोध गरेको छ । 

 यस सम्बन्धि सूचना हेर्नुहोस् 


यस बिषयमा तपाइको प्रतिक्रिया...!