पुसमा मात्र ६६ हजार भन्दा बढीले लिए वैदेशिक रोजगारको श्रम स्वीकृति, कुन देशमा कति ?

Posted on: 29 Jan, 2022

माघ १५, काठमाडौँ | वैदेशिक रोजगारमा गत पुष महिनामा मात्र ६६ हजार ६२५ जनाले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार बिभागबाट प्राप्त जानकारी अनुसार गत पुषमा ८८ देशमा जानको लागि नेपालीहरुके श्रम स्वीकृति लिएका छन् ।

मुख्य १० देश: 

बिभागको तथ्यांक अनुसार गत पुसमा मात्र वैदेशिक रोजगारको क्रममा साउदी जानको लागि २५ हजार ११८ जनाले श्रम स्वीकृति लिएका छन् । साउदी पछि कतारमा १८ हजार ३८१ जना र युएईको लागि १३ हजार ७१४ जनाले श्रम स्वीकृति लिएका छन् । क्रमश कुवेतको लागि तीन हजार २७२ जना, बहराइनको लागि एक हजार ३८७ जना, ओमानको लागि ८३४ जना र मलेसियाको लागि ७१० जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै रोमानियाको लागि ४८० जना, क्रोएसियाको लागि ४५८ जना र जापानको लागि ३५६ जनाले श्रम स्वीकृति लिएका छन् । 
बिभागको अनुसार पुसमा मात्र म्यानपावर कम्पनी मार्फत बिभिन्न १३ देशको लागि ३३ हजार १९३ जनाले श्रम स्वीकृति लिएका छन् ।  म्यानपावर कम्पनी मार्फत साउदी, कतार, युएई, कुवेत, बहराइन, रोमानिया, ब्रुनेई, साइप्रस, जोर्डन, ओमान, माल्दिभ्स, रसिया र युकेको श्रम स्वीकृति लिईएको छ । 
बिभागका अनुसार पुस महिनामा श्रम स्वीकृति नवीकरण गराउनेहरुको संख्या ३० हजार ६३२ जना रहेको छ । यो अवधिमा सबैभन्दा बढी क्रोएसियाको लागि व्यक्तिगत श्रम स्वीकृति लिईएको छ । क्रोएसियाको लागि मात्र ४५८ जनाले श्रम स्वीकृति लिएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!