मलेसियाले जनवरी अन्तिमदेखि विदेशी कामदार लैजाने

Posted on: 16 Jan, 2022

माघ २, काठमाडौँ | मलेसियाले आगामी हुई सातादेखि बिदेशी कामदार भित्र्याउने भटको छ । मलेलियावे यहि जनवरी २८ बाट विदेशी कामदार लिमे भएको हो । शुरूमा प्लानटेशन  क्षेत्रमा विदेशी कामदार लैजाने र आगामी फेब्रुअरी १५ तारेखदेखि उत्पादन, सुरक्षा, सेवा तथा घरेलु सहायकमा विदेशी कामदार लैजाने मलेसियाको मानव संशाधन मन्त्रालयले शनिबार जनाएको छ । 

उक्त मन्त्रालयको विज्ञप्ति अनुसार प्लान्टेशनमा ३० हजार विदेशी कामदार भर्ना गरिने छ । प्लान्टेशनमा मलेसियाले नेपालसहित स्रोत मुलुकहरूबाट कामदार लैजाने गरेको छ ।  

अनलाइनबाट विदेशी कामदारको माग गर्न रोजगारदाताहरूलाई मन्त्रालयले आह्वान गरेको छ । विदेशी कामदार ल्याउन क्वारेन्टिनलगायतका सबै मापदण्ड पूरा गरिएको भन्दै मलेसियाका मानव शंसाधन मन्त्री एम शाराभाननले  रोजगारदाताले अबदेखि  विदेशी कामदार लैजान गृह र मानव संशाधन मन्त्रालयबाट विशेष अनुमति लिन जरुरी नभएको बताएका छन् । 

मलेसियाले कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढेपछि दुई वर्षअघिबाट विदेशी कामदार लगेको छैन । विदेशी कामदार नहुँदा उत्पादनमा संकुचन आएको रोजगारदाताहरूको गुनासो छ । मलेसियाले विदेशी श्रमिक लैजान स्वास्थ्य सुरक्षाको विशेष मापदण्ड बनाएको छ ।  नेपालबाट सुरक्षागार्डलगायत खुला गरिएको सबै सेक्टरमा तोकिएको मापदण्डअनुसार कामदार जान पाउने बताइएको छ ।

मापदण्डअनुसार खाडीका अन्य देशसरह मलेसिया जान पनि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले मान्यता दिएको कोरोना भाइरविरूद्धको खोप लगाएर मलेसिया उड्नु अघि ७२ घण्टाभित्र आरटी–पीसीआर परीक्षण गर्नुपर्ने अनिवार्य गरिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!