मलेसियाको अर्को एक ग्लोव्स कम्पनी कालो सूचिमा

Posted on: 22 Dec, 2021

पुस ७, काठमाडौँ | मलेसियाको अर्को एक ग्लोव्स कम्पनीलाई अमेरिकाले सामान आयातमा बन्देज लगाएको छ । मलेसियाको ब्राइट वे ग्रुपका सामान अमेरिकी बजारमा प्रवेशमा बन्देज लागेको हो । आप्रवासी श्रमिकमाथि शोषण गरेको आरोप लाग्दै आएको सो कम्पनीको सामान आयातमा अमेरिकी बन्देज लागेसँगै पछिल्लो १८ महिनामा अमेरिकाले सामान आयातमा बन्देज लगाएको सो छैठौं कम्पनी हुन पुगेको छ । त्यसमध्ये पाँचवटा ग्लोव्स कम्पनी छन् ।

सो कम्पनीले आप्रवासी श्रमिकलाई बाध्यकारी श्रममा फसाएको अभियोग लागेको छ । यसका बारेमा ब्राईट वे कम्पनीले भनें कुनै प्रतिकृया नजनाएको बेलायती सञ्चार संस्था रोटर्सले जनाएको छ । ब्राईट वे ग्रुपद्दारा सञ्चालित ब्राईट वे सँगै लागोभा र वियोप्रो नामका कम्पनीहरुबाट उत्पादित सामान पनि अमेरिकी बजारमा प्रवेश गर्न रोकिएका छन् । यस अगाडी टप ग्लोव्स, हार्टालेगा, डव्लुआरपी नामका कम्पनीहरुको उत्पादनले अमेरिकाले आफ्नो मुलुक प्रवेशमा रोकेपछि ति कम्पनीहरु आप्रवासी श्रमिकसँग उठाइएको भर्ना शुल्क फिर्ता गर्न बाध्य भएका थिए । यसैगरी श्रमिकहरुले पाउन बाँकी महिनौंको रकम पनि क्रमश: फिर्ता गर्न ति कम्पनीहरु बाध्य भएका छन् । कतिपय कम्पनीहरुले किस्तावन्दीमा रकम भुक्तानी गरिरहेका छन् ।

अमेरिकाले बाध्यकारी श्रम सम्वन्धि अन्तराष्ट्रिय श्रम संगठनका ११ मध्ये १० वटा सूचकाँकहरु ब्राइट वे ग्रुपमा देखिएको रोटर्सले जनाएको छ । गत बर्षको डिसेम्वरमा मलेसियाले सो कम्पनीमा अनुगमन गरेको थियो । सो क्रममा श्रमिकहरुलाई कन्टेनरहरुमा बस्न बाध्य पारिएको भन्दै यसलाई आधुनिक दासता भन्न सकिने अवस्था रहेको मलेसियाका मानव संशाधन मन्त्री एम शरभनानले बताएका थिए । - देशपरदेशबाट 

यस बिषयमा तपाइको प्रतिक्रिया...!