काेरियाले एकबर्षको भीसा थप गरेपछि यी बिदेशी कामदारहरुमा खुसीको रौनक !

Posted on: 19 Dec, 2021

पुस ४, काठमाडौँ | दक्षिण कोरियामा काम गरिरहेका विदेशी कामदारहरुका लागि खुशिको खबर आएको छ। यहाँ काम गरिरहेका विदेशी कामदारहरु मध्ये भिसा अवधि सकिन लागेकाहरुलाई थप १ बर्ष भिसा दिने निर्णय भएको छ।

कोरोनाका कारण कोरियाका कम्पनीहरुले कामदार अभावको समस्या भोग्दै आइरहेका थिए। यस्तो समस्या समाधानका लागि भिसा अवधि सकिन लागेका कामदारहरुलाई थप १ बर्ष भिसा अवधि थपिन लागेको हो।केहि दिन अघि दक्षिण कोरियाका केहि समाचार अनलाईन मेडियाहरुले कामदारहरुो भिसा अवधि थप हुने बारेमा समाचार लेखेसँगै यहाँ रहेका इपिएस कामदारहरु खुशी भएका थिए।

आज कोरियाको सरकारले आउँदो जनवरी १ तारिखदेखि अप्रिल १२ तारिखसम्ममा भिसा अवधि समाप्त हुने इपिएस कामदारहरुका लागि पुन १ बर्ष भिसा थपिदिने निर्णय भएको हो। तर अब थप हुनेमा यस भन्दा अघि १ बर्ष थप भिसा पाएकाहरु भने समावेश हुने छैनन। यसअघि पनि दक्षिण कोरियाले कामदार अभावको समस्या समाधान गर्न भन्दै भिसा अबधि सकिन लागेका इपिएस कामदारहरुको भिसा अवधि १ बर्ष थपेको थियो।

त्यसैगरी अप्रिल १२ तारिखभन्दा पछाडी भिसा अवधि सकिने इपिएस कामदारहरुको लागि भने त्यस बेलाको कोरोनाको स्थिति र कामदारको आवश्यकताको अध्यन गरि निर्णय गरिने जानकारी दिइएको छ। कोरियामा भिसा अवधि सकिन लागेकाहरुको भिसा १ बर्ष थप हुने भएपछि नेपालमा इपिएस भाषा परीक्षा पास गरि कोरिया प्रस्थान गर्ने पालो कुरेर बसेका तथा नयाँ भाषा परीक्षाको लागि कुरेकाहरु भने दुखी भएका छन।

कोरियामै भएका कामदारहरुको भिसा अवधि थप हुँदा कोरियाले कामदार लैजाने प्रकृयामा ढिलाइ गर्ला वा नयाँ भाषा परीक्षा ढिलो पो गर्ने हो कि भन्ने उनिहरुको बुझाइ रहेको छ। तर कोरियाले त्यहाँ रहेका भिसा अवधि सकिन लागेका कामदारहरुको भिसा १ बर्ष थप गरेतापनि इपिएस भाषा परीक्षा पास गरि कोरिया प्रवेशको पर्खाइमा रहेका कामदारहरुको प्रकृयामा कुनै ढिलाई नगर्ने बताएको छ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!