अस्ट्रेलिया खुल्यो, जापान बाँकी

Posted on: 17 Dec, 2021

पुस २, काठमाडौं । कोरोना सङ्क्रमणका कारण बन्द भएको अस्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा बिहीबारदेखि खुला भएको छ । सीमा खुलेसँगै नेपाललगायत अन्य मुलुकका विद्यार्थी र अन्य प्रकृतिका भिसावाहकहरूले अस्ट्रेलिया आवतजावत गर्न पाएका छन् तर अस्ट्रेलिया छिर्नेले अनिवार्य रूपमा कोरोनाविरुद्धको खोप लगाएको हुनुपर्नेछ ।

अस्ट्रेलियाले फाइजर, जोन्सन एन्ड जोन्सन, अस्ट्राजेनेकालगायतका खोपलाई मान्यता दिएको छ । अस्टे«लिया सरकारको पछिल्लो निर्णयसँगै विशेष गरी भिसा लागेर पनि अस्ट्रेलियाको सीमा बन्द भएर नेपालमै रोकिएका चार हजार नेपाली विद्यार्थीले लाभ लिनेछन् ।

यी विद्यार्थीहरू अहिले डलरमा शुल्क तिर्दै नेपालमै बसेर अस्ट्रेलियाका विश्वविद्यालयमा अनलाइनमा पढिरहेका छन् । अस्ट्रेलिया गएर कमाउँदै पढ्ने योजना बनाएका थुप्रै विद्यार्थी नेपालमा नै रहेर डलरमा शुल्क तिरेर पढ्नु पर्दा समस्यामा थिए । तत्काललाई उनीहरूले यस्तो समस्याबाट राहत पाउने नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)का अध्यक्ष प्रकाश पाण्डेले बताउनुभयो । भिसा लागिसकेकाबाहेक सीमा खुल्ने वित्तिकै प्रक्रिया आरम्भ गर्ने योजना बनाएर थुप्रै विद्यार्थी बसेका छन् ।

अस्ट्रेलिया उच्च शिक्षाका लागि नेपाली विद्यार्थीका लागि सबैभन्दा आकर्षक वैदेशिक गन्तव्य हो । पाण्डेका अनुसार बुधबार राति मात्रै नेपालबाट दुई सयभन्दा बढी विद्यार्थी अस्ट्रेलिया गएका छन् । डलरमा शुल्क तिर्दै नेपालमै बसेर अस्ट्रेलियाका विश्वविद्यालयमा अनलाइनमा पढिरहेका छन् ।

अस्ट्रेलिया गएर कमाउँदै पढ्ने योजना बनाएका थुप्रै विद्यार्थी नेपालमा नै रहेर डलरमा शुल्क तिरेर पढ्नु पर्दा समस्यामा थिए । तत्काललाई उनीहरूले यस्तो समस्याबाट राहत पाउने नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)का अध्यक्ष प्रकाश पाण्डेले बताउनुभयो ।

भिसा लागिसकेकाबाहेक सीमा खुल्ने वित्तिकै प्रक्रिया आरम्भ गर्ने योजना बनाएर थुप्रै विद्यार्थी बसेका छन् । अस्ट्रेलिया उच्च शिक्षाका लागि नेपाली विद्यार्थीका लागि सबैभन्दा आकर्षक वैदेशिक गन्तव्य हो । पाण्डेका अनुसार बुधबार राति मात्रै नेपालबाट दुई सयभन्दा बढी विद्यार्थी अस्ट्रेलिया गएका छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!