जोनसन एण्ड जोनसन खोप २१ लाख भन्दा बढी उपलब्ध, वैदेशिक रोजगारीमा जानेलाई दिन छलफल

Posted on: 16 Dec, 2021

पुस १, काठमाडौँ | जर्मनीले कोभ्याक्स सुविधा अन्तर्गत बिहिबार (आज) ४१ लाख ४२ हजार २५० डोज खोप उपलब्ध गराएको छ । जस अन्तर्गत २१ लाख ७६ हजार ६५० डोज जोनसन एण्ड जोनसन खोप रहेको छ ।

उक्त जोनसन एण्ड जोनसन खोप वैदेशिक रोजगारीमा जानेहरुलाई दिने विषयमा छलफल भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मोडेर्ना खोप १२ वर्षदेखि १८ वर्षमुनिका बालबालिकालाई दिने निर्णय गरिसकेको छ र उक्त खोप पुस ४ गतेदेखि ५७ जिल्लामा खोप अभियान सञ्चालन हुँदैछ । जर्मनीले दिएको खोप मध्ये १९ लाख ६५ हजार ६ सय डोज मोडेर्ना रहेको छ ।


वैदेशिक रोजगारमा जानेहरुलाई पनि दिने भनिएको खोप जोनसन एण्ड जोनसन एक मात्रा लगाए पनि पुग्छ । वैदेशिक रोजगारमा जानेहरुलाई प्रक्रियाको क्रममा दोश्रो डोज लगाउँदा समय लाग्ने हुँदा एक डोजले मात्र पनि पुग्ने जोनसन एण्ड जोनसन खोप नै दिने विषयमा प्रारम्भिक छलफल भएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले बताएका छन् । त्यसो त नेपाली युवाहरु जाने अधिकांश देशमा यो खोपलाई मान्यता समेत दिईएको छ । मान्यता नपाएको खोप लगाएर जाँदा सम्बन्धित देशमा क्वारेन्टिनमा बस्नु पर्ने बाध्यता छ । जसको कारण वैदेशिक रोजगारमा जानेहरुको लागत बढ्न जान्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!