रोजगारीमा जाने कामदारका लागि चर्को हवाई भाडा ! नियमित उडानमा किन महँगो ?

Posted on: 09 Dec, 2021

मंसिर २३, काठमाडौं | नेपाल वैदेशिक रोजगार व्यवसायी संघले अन्तर्राष्ट्रिय उडानमा कायम हालैको जहाज भाडा वैदेशिक रोजगारीमा जाने कामदारका लागि अत्यन्तै महँगो रहेको भन्दै घटाउनु पर्ने माग गरेकोे छ ।

बुधबार नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई भेट गरी संघको प्रतिनिधिमण्डलले कोरोना भाइरस (कोभिड–१९) विरूद्धको खोपले अन्तर्राष्ट्रिय उडानमा सहजता आई वैदेशिक रोजगारीमा केही सुधार आई वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा वृद्धि भएपनि चर्को हवाई भाडाका कारण विपन्न अवस्थाका कामदारलाई मर्का परेको ध्यानाकर्षण गरिएको संघका तृतीय अध्यक्ष किशोर कुमार केसीले मध्यान्हलाई बताए । 

संघको ध्यानाकर्षण पछि मन्त्री आलेले अत्यन्तै सकारात्मक प्रतिक्रिया दिएको भन्दै केही दिन भित्र नै नेपाली कामदारका प्रमुख गन्तव्य खाडी मुलुक लगायतका देशमा जानेका लागि हवाई  भडाको समस्या समाधान हुने अपेक्षा गरिएको उनले बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!