विदेशी कामदारको हितमा कतार सरकारको आममाफी घोषणा

Posted on: 07 Oct, 2021

असोज २१, काठमाडौँ | कतार सरकारले अवैध विदेशी कामदारहरुलाई आम माफी दिने घोषणा गरेको छ ।

कतारमा आईडीको म्याद सकिएका, बिना वर्क परमिट काम गरिरहेका र पारिवारिक भिसा (Family Visa) को नियम पालना नगरेका सहित बिभिन्न कारण कतारमा गैरकानुनी रुपमा बसेका कामदारहरुलाई त्याहाँको सरकारले बिना कैद जरिवाना समेत नातिराउने गरि आममाफी दिन लागेको कतारको आन्तरिक मन्त्रालयले जनाएको छ ।

कतार सरकारले घोषणा गरेको आममाफी प्रकृयामा सहभागी हुन चाहनेहरुले कतारको सर्च एन्ड फलो अप डिपार्टमेन्टमा वा आन्तरिक मन्त्रालयको उम सलाल, उम सुनैम, मेसाइमिर, अल वक्रा र अल रयान सर्भिस सेन्टरमा दिउँसो १ बजेदेखि बेलुका ६ बजे भित्र आफ्नो नाम दर्ता गराउन सक्नेछन् । तर आममाफीको समय सिमा समेत निर्धारण गरिएको छ, निर्धारित मिति अनुसार सरकारले यो प्रक्रियाको लागि अक्टोबर १० देखि डिसेम्बर ३१ सम्मको समयसीमा समेत तोकेको छ ।

कतार सरकारको यो निर्देशन २०१५ को कानून नं ​​२१ को प्रावधान अन्तर्गत आप्रवासीहरुको बसाई तथा बाहिरिने नियम अन्तर्गत जारी गरिएको हो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!