अष्ट्रेलिया पठाईदिन्छु भनि १२ लाख ठगी गर्ने कन्सल्टेन्सी संचालक पक्राउ

Posted on: 06 Oct, 2021

असोज २०, काठमाडौँ | डिपेन्डेण्ट भिषामा अष्ट्रेलिया पठाईदिन्छु भन्दै लाखौँ ठगि गरेर सम्पर्कबिहीन भएका एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोरङ बिराटनगर १३ घर भई हाल काठमाडौँ १० मध्यबानेश्वर बस्ने ४१ बर्षीय मणि निरौला रहेका छन् । निरौलाले आफूलाई Queensland Education Foundation Pvt. Ltd. को सञ्चालक हुँ भनेर ठगि गरेको पाइएको छ । निरौलाले म्याग्दी मङ्गला ५ का २४ बर्षीय सुजन खत्रीलाई अध्ययनको लागि डिपेन्डेण्ट भिषामा अष्ट्रेलियामा पठाइदिन्छु भनि प्रलोभनमा पारेर १२ लाख ठगि गरेका थिए । 

निरौलाले अष्ट्रेलिया पठाउनको लागि दिएको समय सकिएपछि फोन सम्पर्क गर्दा सम्पर्कमै नआई कन्सल्टेन्सी समेत बन्द गरी सम्पर्क विहिन बनेका थिए । पिडितको जाहेरीको आधारमा महानगरीय अपराध महाशाखा काठमाडौँले खोजतलास गर्ने क्रममा मंगलबार नयाँबानेश्वरमा पक्राउ गरेको थियो । निरौलालाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त सिंहदरबार काठमाडौँ पठाईएको महाशाखाले जनाएको छ । 

माथिको तश्वीरमा: ठगीमा संलग्न कन्सल्टेन्सी संचालक मणि निरौला ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!