मलेसियामा एक नेपाली कामदारको ड्युटीमै मृत्यु

Posted on: 05 Oct, 2021

असोज १९, काठमाडौं । मलेसियाको एक टप ग्लोव्समा कार्यरत एक नेपाली कामदारको  ड्युटीमा रहेको अवस्थामा मृत्यु भएको छ ।

मलेसिया स्थित नेपाली दूतावासको जनसम्पर्क अधिकृत टेक बुढाले चितवनका पुष्पा तामाङको सोमबार राति मलेसियाको केलाङ मेरुमा रहेको टप ग्लोव्स कम्पनी भित्र ड्युटीमै रहेको बेलामा उनको मृत्यु भएको बताएका छन् । ।कम्पनीमा कार्यरत रहेकै बेला अचानक मुर्छा परेर लडेका तामाङलाई सहकर्मीहरूले जाँच गर्दा मृत्यु भैइसकेको  पाइएको बताएका छन् । उनको मृत्यु हृदयघातबाट भएको हुनसक्ने अनुमान गरिएको बताउदै बुढाले पोष्टमार्टम रिपोर्ट आएपछि स्पष्ट हुने बताए ।

लामो समयदेखि मलेसियामा काम गर्दै आएका तामाङ मलेसिया सरकारले दिएको अवैधानिकलाई वैधानिक बन्ने अवसर ‘रिहाईरिङ कार्यक्रम’को सदुपयोग गरेर वैधानिक भई टप ग्लोव्स कम्पनीमा काम शुरू गरेको बताईएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!