इजरायल रोजगारी : २ हजार ३९ जना अंग्रेजी भाषा परीक्षा पास (नतिजासहित)

Posted on: 14 Sep, 2021


भदौ २९, काठमाडौं । वैदेशिक रोजगार विभागले इजरायल जान इच्छुक युवाहरुको लागि लिइएको अंग्रेजी भाषा परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ । विभागले हिजो १६ परीक्षा केन्द्र मार्फत संचालन गरेको अंग्रेजी भाषाको लिखित परीक्षाको परीक्षाफल आज प्रकाशन गरेको हो ।

इजरायल जान ४ हजार २ सय महिला र ५ हजार ४ सय ९९ पुरुष गरी ९ हजार ६ सय ९९ नेपालीले आवेदन दिएका थिए । जस मध्ये ६ हजार ३९७ जना लिखित परीक्षामा सहभागी भएकोमा १ हजार ३९५ जना महिला र ६ सय ४४ पुरुष गरि कुल २ हजार ३९ जनाले अंग्रेजी भाषा पास गरेको विभागले जनाएको छ ।

असोज एक गतेबाट व्यावसायिक सिप विकास प्रतिष्ठान भैसेपाटी ललितपुरमा अंग्रेजी भाषा पास गर्नेहरुको उचाई र तौल परीक्षण तथा अन्तर्वार्ता हुने विभागले जनाएको छ । छनौट भएका उम्मेदवारहरुले उचाई र तौलको परीक्षण तथा अन्तर्वार्तामा सम्मिलित हुन आउँदा दरखास्त फाराम पेश गर्दा अनलाइन प्रणाली FERMS मार्फत बुझाएका सक्कल कागजात र प्रवेशपत्र लिई तोकिएको समय भन्दा १ (एक) घण्टा अगावै अनिवार्य उपस्थित हुनु पर्नेछ । 

तोकिएको उचाई र तौल सम्बन्धि मापदण्ड पुरा नहुने उम्मेदवारलाई अन्तर्वार्तामा सहभागी नगराइने विभागले जनाएको छ । तोकिएको शैक्षिक योग्यता, तालिमका प्रमाण पत्र एवं अनलाइन दरखास्तका साथ पेश गरिएका कागजातहरु प्रमाणित नभएमा जुनसुकै बखत दरखास्त रद्द हुनेछ । 

 नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौता अनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाइने सरकारले नेपाली सहायक कामदार पठाउन लागेको हो ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!