साउदीमा एक सातामै १७ हजार भन्दा बढी विदेशी पक्राउ

Posted on: 12 Sep, 2021

भदौ २३, काठमाडौं । साउदी अरवमा एक सातामै १७ हजार ५ सय ९८ विदेशी त्यहाँको श्रम कानुन उल्लंघनको आरोपमा पक्राउ परेका छन् । यसका लागि विभिन्न स्थानमा सुरक्षाकर्मीले चेकजाँच गरेको साउदी अरवको स्थानीय सञ्चार माध्यमहरुले लेखेका छन् ।

गत सेप्टेम्वर २ देखि ९ को बीचमा जवाजतले सञ्चालन गरेको अभियानका क्रममा ति विदेशी नागरिक पक्राउ परेको सञ्चार माध्यमले लेखेका छन् । पक्राउ परेका मध्ये केहि व्यक्ति भनें साउदी अरबबाट भाग्ने क्रममा पक्राउ परेको जनाइएको छ । बहुसंख्यक भनें भिसाको म्याद सकिएर पनि साउदी अरबमा नै बसिरहेकाहरु रहेका छन् । यसैगरी केहि व्यक्ति भनें अवैधानिक रुपमा बस्दै आएकाहरुलाई आश्रय दिएको अभियोगमा पक्राउ परेको जनाइएको छ ।

पक्राउ परेकाहरु मध्ये गम्भीर फौजदारी अभियोग लागेका बाहेकलाई उनीहरुको देश फर्काउन सम्वन्धित मुलुकको दूतावासमा जानकारी गराइसकिएको समाचारमा जनाइएको छ । साउदी अरबको आन्तरिक मन्त्रालयले अवैधानिक रुपमा बस्दै आएकाहरुलाई पक्राउ गर्ने अभियान जारी रहने जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!