युएई जान भिसा खुकुलो, गोल्डेन भिसा कस्ताले पाउँछन् ?

Posted on: 07 Sep, 2021

भदौ २२, काठमाडौँ | यूएईले आफ्नो देशको भिसा नियमलाई खुकुलो बनाएको छ । यूएई सरकारले ल्याउन लागेको विभिन्न ५० वटा नयाँ योजना अन्तर्गत एक भिसासम्बन्धी व्यवस्था रहेको छ । 

युएईले ल्याउन लागेको यो व्यवस्थाले भिसा प्रक्रियालाई सहज र थप प्रभावकारी बनाउने जनाइएको छ । यूएईले प्रदान गर्ने गोल्डेन भिसावाहक आप्रवासीले राष्ट्रिय प्रायोजक विनै त्यहाँ बस्न, काम गर्न तथा अध्ययन गर्न पाउने भएका छन् ।

नयाँ नियमअनुसार गोल्डेन भिसाको लागि म्यानेजर, सीईओ, वैज्ञानिक, इन्जिनियर, स्वास्थ्य शिक्षा व्यापार, प्रविधिसँग सम्बद्ध व्यक्तिहरुले आवेदन दिन सक्छन् । यसबाहेक दीर्घकालीन निवास प्राप्त गर्नको लागी अत्याधिक कुशल र विशेष बासिन्दाहरु, लगानीकर्ताहरु, उद्यमीहरु, वैज्ञानिकहरु, अग्रणी विद्यार्थीहरु र स्नातकहरुको लागि पनि यो भिसा सहज बनाइएको छ ।

यूएई सरकारले यस अघि व्यवसायिक यात्राको लागि दिने गरेको तीन महिनाको अवधिलाई लम्ब्याएर ६ महिना बनाएको छ । यूएईमा रहेका आप्रवासीले आफ्नो परिवारका सदस्यहरुलाई भिसा स्पोन्सर गर्न पनि सक्नेछन् । 

अब युएईमा कारणबस जागिर गुमेको खण्डमा वा भिसाको म्याद सकिएको अवस्थामा पहिले एक महिनासम्म मात्र यूएईमा बस्न पाइन्थ्यो तर अब तीन महिनासम्म बस्न सकिने भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!