मलेसियाको एक कम्पनीले एजेण्ट वा म्यानपावरलाई तिरेको रकम समेत फिर्ता दिने

Posted on: 08 Jul, 2021

असार २४, काठमाडौँ । मलेसियाको ग्लोव्स निर्माता कम्पनी हार्टालेगाले रोजगारीका लागि आउँदा कुनै शुल्क तिरेको भएमा फिर्ताका लागि आवेदन दिन अनुरोध गरेको छ । सो कम्पनीले सूचना निकाल्दै आफ्नो कम्पनी श्रमिकलाई जवर्जस्ती काममा लगाउने र शोषणात्मक अभ्यासबाट मुक्त बनाउने उत्तरदायी कामदार भर्नाप्रति प्रतिवद्द रहेको जनाएको छ ।


आफ्नो कम्पनीले यसअगाडी आफ्नो कम्पनीमा आएका श्रमिकले तिरेको रकमको शोधभर्ना दिइरहेको र पूर्व श्रमिकलाई पनि कुनै रकम तिरेको भएमा फिर्ता गर्ने सोही कार्यक्रमको एक हिस्सा भएको जनाइएको छ । रकम फिर्ता गर्नका लागि कम्पनीले उपलव्ध गराएको लिंकमा गएर वा क्यूआर कोड मार्फत फारम भर्न सकिने कम्पनीले जनाएको छ । रकम फिर्ता पाउन योग्य श्रमिकलाई कम्पनीले नै मोवाइलमा फोन मार्फत सम्पर्क गरिने जनाइएको छ ।

दर्ता गरिएका निवेदनहरुलाई तेश्रो पक्ष अडिटरद्दारा पुनरावलाकन गराइने र योग्य श्रमिकले मात्र शोधभर्ना प्राप्त गर्ने सो कम्पनीले जनाएको छ । आप्रवासी श्रमिकहरुलाई रोजगारीका लागि भर्ना शुल्क तिराएको र बाध्यकारी श्रम गर्न बाध्य बनाएको भन्दै अमेरिकाले टप ग्लोव, डव्लुआरपी लगायतका कम्पनीहरुको उत्पादन आयातमा बन्देज लगाएपछि ति कम्पनीहरु समस्यामा परेका थिए । अमेरिका ति कम्पनीहरुद्धारा उत्पादित ग्लोव खपत गर्ने ठूलो मुलुक हो ।

कोभिड १९ का कारण विश्वव्यापी रुपमा ग्लोवको ठूलो मागका बीच वन्देज कायम रहेपछि सो फुकुवा गर्ने उद्धेश्यले टप ग्लोव लगायतका कम्पनीहरुले आप्रवासी श्रमिकहरुले तिरेको रकम फिर्ता गर्ने घोषणा गरेका थिए । सो अनुरुप केहि कम्पनीहरुले रकम फिर्ता गरिसकेको बताएका छन् भने केहिले किस्तावन्दीमा रकम फिर्ता गरिरहेको बताएका छन् । देशपरदेश


यस बिषयमा तपाइको प्रतिक्रिया...!