विदेशबाट फर्कनेलाई क्वारेन्टिन राख्न ११० होटेल तोकिए, खर्च आँफै व्यहोर्नुपर्ने

Posted on: 06 Jul, 2021

असार २२, काठमाडौं । सरकारले विदेशबाट फर्कने यात्रुलाई क्वारेन्टिन राख्नका लागि कुल ११० वटा होटेललाई अनुमति दिएको छ । पर्यटन विभागमा दर्ता भएका २७ र बागमती प्रदेश उपत्यका पर्यटन कार्यालयमा दर्ता भएका ८३ गरि कुल ११० होटेल क्वारेन्टिनका रुपमा तोकिएको विभागले जनाएको छ ।

विभागको होटेल शाखाले आइतबार कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा होटेलको सूची बुझाएको हो । नेपाल सरकारले जारी गरेको पछिल्लो विदेशबाट नेपाल आगमन हुने यात्रुको व्यवस्थापन सम्बन्धी आदेश-२०७८ मा होटेल क्वारेन्टिनको व्यवस्थापनको जिम्मा पर्यटन बोर्डलाई दिएको छ । यसअघि यो काम नेपाल पर्यटन बोर्डसमेतको सहभागितामा गरिएको थियो ।

पाँचतारेदेखि पर्यटकस्तरीय होटेलसम्म

विभागका अनुसार यसरी तोकिएका होटेलमा पाँचतारे होटेल र रिर्सोटदेखि पर्यटक स्तरीय होटेल समेत छन् । विभागको तथ्याङ्क अनुसार हायात रिजेन्सी, द सोल्टी काठमाडौं, काठमाडौं मेरियट होटेल र र्‍याडिसन गरि चार वटा पाँचतारे होटेलले क्वारेन्टिनमा बस्ने यात्रु राख्ने छन् । गोकर्ण फरेष्ट रिर्सोट, क्लव हिमालय (नगरकोट), समिट होटेल र एयरर्पोट होटेलसमेत सूचीमा समावेश छन् ।

सरकारले निश्चित गन्तब्य तोकेर अन्तराष्ट्रिय हवाई यात्रा खुला गरेको छ । जसअनुसार विदेशमा खोप नलगाई आउने यात्रुले नेपालमा क्वारेन्टिन बस्नु पर्छ । खाडी मुलुकबाट आउने यात्रुले होटेल बुकिङ नगरेपनि नेपाल आउन दिइन्छ । तर, उनीहरु नेपाल आइसकेपछि भने तोकिएका होटेलमा आफ्नै खर्चमा क्वारेन्टिन बस्नु पर्छ ।  वैदेशिक रोजगारीबाट र्फकनेहरुले ५ दिनपछि पिसिआर परीक्षण गरी नेगेटिभ रिर्पोट आएमा घर-गन्तब्यमा जान पाउँछन् ।

हेर्नुहोस् होटलको सूची 



यस बिषयमा तपाइको प्रतिक्रिया...!