निषेधाज्ञापछि आज पहिलो साउदी उडान

Posted on: 21 Jun, 2021

असार ७, काठमाडौँ | निषेधाज्ञापछि पहिलो पटक आज साउदीको दम्मामको लागि हिमालय एयरलाइन्सले उडान भर्दैछ । यो उडान चार्टर्ड उडान हो ।

नागरिक उड्ययन प्राधिकरणले उडान अनुमति दिएसँगै आज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हिमालय एयरलाइन्सको उडान बिहान ९:१५ बजे साउदी प्रस्थान गर्दैछ ।  त्यस्तै आजै उक्त उडान साउदीको दम्मामबाट बेलुका २०:१० बजे काठमाडौँ आईपुग्ने उडान तालिका छ । 

सरकारले यस अघिनै साउदी मलेसिया लगायत देशको उडान खोल्ने निर्णय गरेको थियो । तर मिति भने तोकिएको थिएन । आजै नियमित उडान अन्तर्गत कतार एयरवेज र नेपाल एयरलाइन्सको दुई उडान दोहाको लागि उड्दैछ । तालिका अनुसार आज कतार एयरवेजको उडान बिहान ११:०५ बजे काठमाडौँबाट उड्दैछ भने नेपाल एयरलाइन्सको उडान बेलुका २२:०० बजे उड्ने तालिका छ । 

त्यस्तै आज हिमालय एयरलाइन्सको चार्टर्ड उडान दोहाबाट विहान ९:०० बजे काठमाडौँ आईपुग्ने तालिकामा उल्लेख छ । सरकारले गत साता गरेको अन्तराष्ट्रिय उडान सम्बन्धि निर्णयमा सातामा दुई हजार भन्दा बढी नबढ्ने गरि विदेशबाट यात्रु ल्याउन पाइनेछ, यसै निर्णयलाई टेकेर अब उडान गर्न अनुमति पाइने बताइएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!