कतारबाट नेपाल फर्किनेहरुले पालना गर्नुपर्ने मापदण्डहरु हेर्नुहोस्

Posted on: 06 Jun, 2021

जेठ २३, काठमाडौं । कतारबाट नेपाल फर्किने नेपालीहरुले पालना गर्नुपर्ने मापदण्ड बारे कतारस्थित नेपाली दुतावासले जानकारी दिएको छ । ७ जुन २०२१ देखि दोहा र काठमाण्डौबीच नेपाल एयरलाइन्स र कतार एयरवेजका एक एक उडानहरु सुचारु हुने तालिका प्रकाशित भइसकेको छ । सो अनुरुप  नेपाली तथा विदेशी नागरिकहरु विदेशबाट नेपाल आउँदा पालना गर्नुपर्ने मापदण्ड, २०७८ अनुरुप कतारबाट नेपाल यात्रा गर्ने नेपालीहरुले देहायका मापदण्ड पूरा गरी नेपाल यात्रा गर्न सकिने जानकारी दुतावासले दिएको छ ।  

आवश्यक डकुमेन्ट  

१. ७२ घण्टाभित्रको कोभिड १९ नेगेटिभ पि. सी. आर. रिपोर्ट । 

२. ५ दिन अनिवार्य होटल क्वारेन्टिन बस्नुपर्ने । क्वारेन्टिन बस्न सकिने होटलको सूचि https://mofa.gov.np/wp-content/uploads/2021/06/List-of-Hotels-of-Quarantine-Purpose.pdf?fbclid=IwAR1PFF0WCjIpayblO8WDfRF7GblRauLg464JXl8J6S75WsTc2HdBsMN9rPk लिंकमा रहेको । क्वारेन्टिन बसेको चौथो दिनमा पि. सी. आर. परीक्षण गर्ने र नेगेटिभ रिपोर्ट आएमा थप १० दिन होम क्वारेन्टिन बस्नुपर्ने ।

३. आफन्तको अन्तिम संस्कार  (काजक्रिया) मा सहभागी हुन नेपाल जाने व्यक्ति, दीर्घरोगी वा शारिरीक रुपमा अशक्त बिरामी र सँगै जाने कुरुवा, ७५ वर्षमाथिका ज्येष्ठ नागरिक वा ५ वर्ष मुनिका नाबालक र सँगै आउने नाबालकका आमाबुबाको हकमा स्थानीय तहको सिफारिशको आधारमा १० दिन होम क्वारेन्टिन बस्ने गरी घर/गन्तव्य जान अनुमति दिइने ।

टिकट खरीद, क्वारेन्टिनका लागि होटल बुकिंग गर्ने प्रक्रिया तथा अन्य जानकारीका लागि सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गर्न दुतावासले अनुरोध गरेको छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!