वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गैरेको निधन

Posted on: 13 May, 2021

बैशाख ३०, काठमाडौं | नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु गैरेको कोभिडको कारण निधन भएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचाररत अध्यक्ष गैरेको आज साँझ  निधन भएको हो ।

नौ दिन अघि कोरोना संक्रमित भई ह्याम्स अस्पतालमा भर्ना भएका गैरेको स्वास्थ्य अवस्था गम्भीर भएपछि तीन दिन पछि ठूलो प्रयासमा केएमसीको आईसियु जस्तै कमन वार्डमा सारिएको थियो ।

बुधबार गैरेको स्वास्थ्य अवस्था झनै बिग्रिदै गएपछि रातिदेखि उनलाई भेन्टिलेटरमा सारेर उपचार गरिएको थियो ।  

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्ष गैरे नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि समेत हुन् । गैरे नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पनि हुन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!