वैशाख २३ गतेदेखि वैदेशिक रोजगारी ठप्प !

Posted on: 03 May, 2021

वैशाख २०, काठमाडौं । सरकारले वैशाख २३ गतेदेखि लागू हुने गरी अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरेको छ  । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले नेपाल र भारतबीच सातामा दुई उडान कायम राख्ने गरी सबै आन्तरिक तथा बाहृय उडान बन्द गर्ने निर्णय गरेको हो ।

कोरोना रोकथामका लागि भन्दै सरकारले वैशाख २० गते (आज) राति १२ बजेबाट लागू हुने गरी सबै आन्तरिक उडान बन्द गरिएको छ । यो उडान प्रतिवन्ध वैशाख मसान्तसम्म बन्द हुने गरी स्थगित भएको हो ।

सरकारको आकष्मिक निर्णयले टिकट लिएर वैदेशिक रोजगारीमा जान ठिक्क परेका तथा स्वदेश फर्किन लागेकाहरु समस्यामा पर्ने वैदेशिक रोजगार व्यवसायीले बताएका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!