वैदेशिक रोजगारका विषयमा सूचना तथा परामर्श प्रदान

Posted on: 24 Jul, 2020

साउन ९, विदुर। नुवाकोटमा रहेको सुरक्षित आप्रवासन९सामी० परियोजना रोजगार प्रवद्र्धन कार्यक्रमले तीन हजार ९५१ जनालाई सुरक्षित वैदेशिक रोजगार तथा सीप तालिमका विषयमा सूचना तथा परामर्श दिएको छ ।

वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित, मर्यादित, उपलब्धिमूलक एवं शोषणरहित बनाउन नेपाल सरकार र स्वीस सरकारको द्विपक्षीय सम्झौताअनुसार नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित सुरक्षित आप्रवासन ९सामी० परियोजनाले ३९ जिल्लाका १५६ स्थानीय तहमार्फत आफ्नो सेवा प्रदान गर्दै आएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नीतिगत नेतृत्व प्रदान गरेको यस परियोजनालाई प्राविधिक सहयोग भने हेल्भटास नेपालले उपलब्ध गराउँदै आएको छ ।

विशेषतः यस परियोजनाले वैदेशिक रोजगारमा जाने निर्णय गरेका युवालाई स्थानीय तहमा नै सचेत बनाउन र वैदेशिक रोजगारीमा जाने÷नजाने वा कुन देश जाने अथवा कसरी जाने भन्नेबारे आफँै निर्णय लिन सक्षम बनाउने मूल उद्देश्यका साथ गत वर्ष २०७६÷७७ मा तीन हजार ९५१ जनालाई सूचना तथा परामर्श दिएको सुरक्षित आप्रवासन ९सामी० परियोजना नुवाकोटका कार्यक्रम संयोजक निरु सुचीकारले जानकारी दिनुभएको हो । उहाँका अनुसार सूचना तथा परामर्श लिनेमा महिलाको सङ्ख्या एक हजार ७१८ र पुरुषको सङ्ख्या दुई हजार २३३ रहेको छ । त्यस्तै वैदेशिक रोजगारीमा जान चाहने राहदानी बनाउने युवाको उमेरगत समूहलाई हेर्दा १९ देखि ३५ वर्षभित्रका ८६ प्रतिशत रहेको र जातिगत अवस्थालाई केलाउँदा जनजातिको सङ्ख्या ५२ प्रतिशत रहेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार जिल्ला प्रशासन कार्यालयको हाताभित्र सूचना तथा परामर्श केन्द्रको कक्षमा सूचना लिन आउने सेवाग्राहीको सङ्ख्या र जिल्लाबाट नै राहदानी बनाउन आउने सेवाग्राहीको सङ्ख्यालाई दाँज्ने हो भने गत आवमा १३ प्रतिशत सेवाग्राही सूचना तथा परामर्श केन्द्रबाट बाहिर रहेको हो ।

विदुर नगरपालिकाका प्रमुख तथा सामी परियोजना व्यवस्थापन समितिका अध्यक्ष सञ्जु पण्डितले वैदेशिक रोजगारमा गएका र जान तयारी भएका युवालाई कसरी सुरक्षित बनाउन सकिन्छ भन्ने कुरामा वैदेशिक रोजगारको क्षेत्रमा संलग्न तथा सम्बद्ध सबै सरोकारवालाले आ–आफनो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताउनुभयो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!