११ वटै स्थानीय तहको उच्च सतर्कता

Posted on: 03 Apr, 2020

चैत २१, दैलेख | कोरोना भाइरसको महामारीबाट जोगिन ११ वटै स्थानीय तहले उच्च सतर्कता अपनाएका छन् । अति आवश्यक काम लिएर सरकारी कार्यालय प्रवेश गर्ने जोकोहीलाई साबुनपानीले हात धुन लगाइएको छ । भाइरस सङ्क्रमण हुन नदिन स्वास्थ्य जाँच गर्नाका साथै सङ्क्रमणबाट बच्न गाउँगाउँमा जनचेतना फैलाइएको छ ।

जिल्ला दैवी प्रकोप उद्धार तथा विपद् व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलका अनुसार आपत्विपद्का लागि नारायण नगरपालिकाले रामपुरमा रहेको नारायण क्याम्पसलाई १०० श्ययाको कारेन्टाइन बनाएको  छ  । तर्ताङ्गमा रहेको सरस्वती माविलाई आइसोलेसन कक्ष  बनाइएको छ । ११ वटै पालिकाको सम्भाजित खतरालाई मध्यनजर गर्दै कोरोनाविरुद्ध लड्नका लागि ७०९ श्ययाको क्वारेन्टाइन र ७४ आइसोलेसन कक्ष तयारी अवस्थामा राखेर जनचेतनालाई त्यसरी नै तीव्रता दिएको छ । रातदिन नभनी स्थानीय पालिकाको अवस्थालाई निहालेको प्रमुख कट्टेलले बताउनुभयो ।

अछामको सिमाना पर्ने आठबिस नगरपालिकाकोे राकम कर्णाली बजारमा रहेको हेल्थ डेस्कमा पनि जाँचमा कडाइ गरिएको छ । कोरोनाको सम्भावित समस्या भएको खण्डमा तुरुन्त आफूलाई जानकारी दिन र  बिरामीलाई आइसोलेसनमा राखेर उपचार गराउन भनेको प्रमुख कट्टेलले बताउनुभयो ।

स्वास्थ्य कार्यालय दैलेखका प्रमुख डानिरञ्जन पन्तले नौमुलेको प्रवेशद्वार तामेमार डुङ्गेश्वर गाउँपालिकामा गरी जिल्लाका मुख्यमुख्य पाँच स्थानमा हेल्थ डेक्स स्थापना गरिएको बताउनुभयो । आपत्कालीन उपचारका लागि स्वास्थ्य कार्यालय दैलेखमा १४  र इन्द्र दल गुल्मले चार गरी १८ आइसोलेसन कक्ष तयारी अवस्थामा राखिएको प्रमुख पन्थले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय दैलेखद्वारा १५ श्ययाको क्वारेन्टाइन निर्माण गरिएको छ । प्रहरीले निर्माण गरेको क्वारेन्टाइनमा सुरक्षाकर्मी र समस्या उत्पन्न भएका आम नागरिकलाई पनि उपलब्ध गराइने जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख हरिबहादुर वलीले बताउनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!