दुबै मृगौला फेल भएका बसन्त खडकालाई आर्थिक अभाव, उपचार खर्च जुटाइदिन सहयोगको अपिल

Posted on: 07 Jan, 2019

पुस २३, पश्चिम् रुकुम, । त्रिवेणि गाउँपालिका वडा नम्बर ३ पश्चिम रुकुमका बसन्त खडकाले निम्न आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएको बताएका छन् । दुबै मृगौला फेल भएका उनले उपचारको लागि आवश्यक रकम जोहो गर्न नसकेपछि सहयोगको अपिल गरेका छन् ।

गत माघमा रोजगारीको  सिलसिलामा सुरक्षा गार्डमा जागिर गर्न मलेसिया पुगेका थिए तर १ बर्ष नपुग्दै दुबै मृगौलाले काम गर्न छोडेपछि १ महिना सम्म मलेसियामा उपचार गराएर नेपाल फर्किएका थिए ।काम गर्ने शिलशिलामा खडका एक्कासि  बिरामी परेपछि काम गर्ने कम्पनिको सहयोगमा अस्पताल पुर्याईएको उनले बताए । दुबै मृगौलाले काम गर्न छोडेको डाक्टरको सुझाव अनुसार उनी स्वदेश फर्किएका थिए । स्वदेशमा पनि उपचारको लागि हालसम्म उपचारका लागि घरखेत बेचेर जम्मा भएको  करिब ९ लाख खर्च भएको र थप उपचारका अब आफ्नो परिवारसंग आर्थिक श्रोत नभएको उनले बताएका छन् । 

परिवारमा आमा, सानो भाइ र सानी बहिनीको जिम्मेवारी काँधमा बोकेका उनै खडका बिरामी परेपछि उनको घरमा आर्थिक चरम संकट नै परेको उनले बताए । उनलाई सहयोगका लागि माछापुछ्रे बैकको खाता न ४६४०५२४५४९७२०१८ अथवा बिरामी खड्काको ब्यक्तिगत मोवाईल नम्बर  ९८०३८९६९२६ मा सम्पर्क गर्न सकिन्छ । 




यस बिषयमा तपाइको प्रतिक्रिया...!