साउदीबाट नेपाल फर्कने तयारीमा रहेका एक नेपालीको मृत्यु

Posted on: 27 Jul, 2017

साउन १२, नुवाकोट | वैदेशिक रोजगारीका क्रममा साउदी पुगेका विदुर नगरपालिका–१० गेर्खुका शम्भु पाण्डेको शव समुद्री किनारमा फेला परको छ । 

स्वदेश फर्किने क्रममा रहेका ३५ वर्षीय पाण्डे प्लेन टिकटको पर्खाइमा थिए । उनी १६ महिनादेखि साउदीको जुगलस्थानमा रहेको गार्डेन कम्पनीमा काम गर्दै आएका थिए । उनी बिदा स्वीकृत गराई घर फर्कन प्लेन टिकटको पर्खाइमा रहेको भाइ नाता पर्ने रमेशजंग पाण्डेले जानकारी दिए । ‘सोमबार मृत अवस्थामा शव भेटिएको फोनबाट जानकारी पायौं,’ रमेशजंगले भने । उनको शव ल्याउन प्रयास भइरहेको छ । 

शम्भुका पत्नी, १ छोरा र छोरी छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!