युके सिजनल भिसा: ११९ राहदानी सहित दुई महिला सामाखुसीबाट पक्राउ (भिडियो सहित)

Posted on: 24 Mar, 2023

चैत १०, काठमाडौँ । बैदेशिक रोजगार बिभागले युके सिजनल भिसामा पठाइदिने भन्दै ठगि गर्ने दुई जना महिलाहरुलाई पक्राउ गरेको छ । सामाखुसी स्थित एक पार्टी प्यालेसमा बिभागले छापा मार्ने क्रममा दुई झोलामा ११९ राहदानी सहित पीडितहरुको कागजातहरु जफत गरेको हो । 


पक्राउ पर्नेहरुमा लमजुङ जिल्लाको साविकको मालिङ गाविस ८ घर भएकी शिला परियार र उनलाई सहयोग गर्ने प्रमिला बढुवाल रहेका छन् । ठगि गिरोहको मुख्य भने शिला परियार हुन् । उनले आफूले युवाहरुसंग राहदानी र ५० हजारको दरले अग्रिम अशुली गरेको स्वीकारेकी छन् । उनलाई साथ दिएकी प्रमिलाले भने आफू पनि युके जाने तयारीको क्रममा आएको र परियारलाई साथ दिएको बताएकी छन् । 


प्रारम्भिक अनुसन्धानको क्रममा परियारले नेपालमा अशुली गिरोह संचालन गरि भारत बस्ने एजेन्टको निर्देशनमा काम गर्दै आएकी खुलेको छ । साथै सय भन्दा बढी पीडितहरुसँग अनुमानित ७० लाख भन्दा बढी अशुली गरिसकेको अनुमान छ । पिडीतहरुका अनुसार उनिहरुले कम्तिमा ५० हजारदेखि दुई लाखसम्म बुझाएका छन् । अशुली गिरोहमा सक्रिय परियारले सोधपुछको क्रममा आफूले एकजना डाक्टरको निर्देशनमा काम गरेको र ति डाक्टरको नाम समेत थाहा नभएको बताइन् । परियारले व्हाट्सएप मार्फत ति एजेन्टले दिएको निर्देशन अनुसार काम गर्ने गरेको खुलेको छ । 

वैदेशिक रोजगार बिभागले घटनास्थलबाट बरामद गरेको ११९ जना पीडितहरुको राहदानी शुक्रबार फिर्ता गर्दैछ । राहदानी फिर्ता लिन आउँदा राहदानी बाहकको आधिकारिक प्रमाण खुल्ने कागजात सहित आउन बिभागले पीडितहरुलाई सुझाव दिएको छ । साथै पक्राउ परेकाहरुलाई वैदेशिक रोजगार ऐन २०६४ बमोजिम कारवाही गरिने बिभागले जनाएको छ । 


यस सम्बन्धि स्थलगत भिडियो तल हेर्नुहोला:


यस बिषयमा तपाइको प्रतिक्रिया...!