शिक्षकको विज्ञापनमा कतिले दिए आवेदन ?

Posted on: 27 Jan, 2022

माघ १३, काठमाडौँ | स्थायी शिक्षकका लागि दुई लाखभन्दा बढीले आवेदन दिएका छन् । 

शिक्षक सेवा आयोगले प्राथमिक, निम्नमाध्यमकि  र माध्यमिक तहमा गरी साढे १७ हजारका लागि विज्ञापन आह्वान गरेको थियो । जसमा कुल साढे दुई लाखभन्दा बढीले आवेदन दिएको आयोगले जनाएको छ । यो कुल मागभन्दा १२ गुणाले बढी हो । प्राथमिक तहमा आवेदन दिने समय अझै बाँकी रहेकाले यो संख्या थप बढ्ने छ । 

आयोगका अनुसार, सबैभन्दा धेरै आवेदन प्राथमिक तहमा परेको छ । आवेदन दिने म्याद चार दिन बाँकी हुँदा प्राथमिक तहको स्थायी शिक्षक बन्न ९७ हजार २९ जनाले फाराम भरिसकेका छन् । निम्नमाध्यमिक विद्यालयमा ८६ हजार ९१४ र माध्यमिक तहमा ३६ हजार ५५२ को आवेदन परेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!