लोक सेवा आयोगद्वारा वाणिज्य बैंकको लिखित परीक्षा रद्द

Posted on: 08 Jul, 2021

असार २४, काठमाडौँ । लोक सेवा आयोगले सर्वोच्चको आदेशपछि राष्ट्रिय वाणिज्य बैङ्कको लिखित परीक्षा रद्द गरेको छ । आयोगको असार २१ गतेको निर्णय अनुसार बैङ्कको २०७५/१२/२२ को विज्ञापनमा लिइएका आन्तरिक, खुला तथा समावेशीतर्फका लिखित परीक्षाहरू रद्द भएका हुन् ।

राष्ट्रिय वाणिज्य बैङ्क कर्मचारी सङ्घ नेपाल काठमाडौँका अध्यक्ष हेमराज सुवेदीसमेतले सर्वोच्चमा यसबारे रिट निवेदन दिएका थिए । सोहि रिटमा सुनुवाई गर्दै सर्वोच्चले कर्मचारी पदपूर्ति सम्बन्धमा भए गरिएका कामकारबाहीहरू अमान्य र बदर घोषित गरिएको ब्यहोराको आदेश २०७७ मङ्सिर १७ मा सर्वोच्चले दिएको थियो ।  त्यसैको कार्यान्वयन गर्न आयोगले परीक्षा रद्द गरेको जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!