लोकसेवा आयोगले निकाल्यो परीक्षा तालिका, कुन परीक्षा कहिले ? (परीक्षा तालिका सहित)

Posted on: 29 Jun, 2021

असार १५, काठमाडौँ । लोक सेवा आयोगले आयोगको पूर्व सूचना बमोजिम स्थगित भएका र परीक्षा कार्यक्रम निर्धारण हुन बाँकी रहेका परीक्षाहरूको लागि कार्यतालिका प्रकाशन गरेको छ । 

आयोगले एक सूचना जारी गर्दै आयोगको असार १४ गतेको बैठकको निर्णय बमोजिम आज परीक्षा तालिका सार्वजनिक गरेको हो । 

नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र आयोगबाट स्वीकृत संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७ पालना गरी  परीक्षा सञ्चालन गर्ने गरी परीक्षा कार्यक्रम तोकिएको आयोगले जनाएको छ । 

आयोगले आ.व. २०७६/७७ मा विज्ञापन प्रकाशन भई परीक्षा सञ्चालन हुन बाँकी खरिदार वा सो सरहको (अप्राविधिक तर्फ) परीक्षा कार्यक्रम साउन १६ गतेबाट हुने जनाएको छ । त्यस्तैगरी यसै आर्थिक वर्षमा विज्ञापन प्रकाशन भई परीक्षा हुन बाँकी निजामती सेवातर्फका विभिन्न पदहरुको लागि समेत परीक्षा तालिका प्रकाशन गरेको छ । आयोगले सुरक्षा / संगठित संस्था तर्फको परीक्षा तालिका भने प्रकाशन गरेको छैन ।

हेर्नुहोस् परीक्षा तालिका 


यस बिषयमा तपाइको प्रतिक्रिया...!