विद्यालय बन्द गर्ने प्रस्तावको प्याब्सनद्वारा विरोध

Posted on: 11 Apr, 2021

चैत २९, काठमाडौँ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले सरकारसंग तीन साता विद्यालय बन्द गर्न गरेको प्रस्तावको निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) ले बिरोध गरेको छ ।

कोरोना भाइरसको सङ्क्रमणको दोस्रो लहर देखिन थालेको भन्दै सीसीएमसीको शनिवारको बैठकले कम्तीमा तीन हप्ता विद्यालय बन्द गर्न मन्त्रिपरिषदमा सिफारिस गरेपछि प्याब्सनले त्यसको विरोध गरेको हो ।

प्याब्सनले विद्यालय बन्द गर्ने नभइ सावधानी अपनाएर सञ्चालन गर्नुपर्ने बताएको छ । 

प्याब्सनका अध्यक्ष टीकाराम पुरी र महासचिव कुमार घिमिरेले विज्ञप्ति निकालेर अघिल्लो पटकको लकडाउनले सबै क्षेत्रमा नकारात्मक प्रभाव पारेको भन्दै विद्यालय बन्दभन्दा सङ्क्रमणबाट बच्न स्वास्थ्य सावधानी अपनाएर सञ्चालन गरिनुपर्नेमा जोड दिए ।

विद्यालय स्वास्थ्यका सबै सावधानी अपनाउन तयार रहेको भन्दै आपसी छलफलबाट थप सावधानीका उपाय अपनाउनुपर्ने तर बन्द गर्न नहुने विज्ञप्तिमा भनिएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!