बैतडीका गाँउमा नयाँ बिद्यालय खुले संगै १२ वर्षीय बालबालिकाहरु पनि शिशु कक्षामा भर्ना

Posted on: 29 Jul, 2019

कृष्ण बिष्ट | साउन १३, बैतडी | चितुवा प्रभापवित क्षेत्रमा पर्ने बैतडीको पञ्चेश्वर गाउपालिकामा शिशु बिद्यालय स्थापना गरिएको छ । चितुवाको डरले साना बालबालिकाहरु टाढाको बिद्यालय जान बाट बञ्चीत हुन थालेपछि गाउपालिकाको वडा नं २ को डाँगा टोलमा शिशु बिद्यालय स्थापना गरिएको हो । 

डागा टोलका बालबालिकाहरु २ घण्टाको बाटो हिडेर देथला माध्यामिक बिद्यालयमा जानु पर्ने बाध्याता रहेकाले करिब ५० घर परिवारका बालबालिकाहरुलाई लक्षित गरि बिद्यालय स्थापना गरिएको गाउपालिकाका उपाध्यक्ष बिना भट्टले जानकारी दिनुभयो । 

जङ्गल र भिरको बाटो हिडेर बालबालिकाहरु बिद्यालय जान डराउने गरेपछि बिद्यालय स्थापनाको माग गरिएको स्थानिय देव बहादुर चन्दले बताउनुभयो । अहिले सो ठाउमा बिद्यालयमा स्थापना भएपछि ११-१२ वर्षको उमेर सम्मका बालबालिकाहरु पनि शिशु कक्षामा भर्ना भएका उहाले बताउनुभयो । 

पहिलो शैक्षीक वर्ष सञ्चालन गर्न ३० देखि ४० जाना शिशुमा अध्यान गर्ने बालबालिका लाभान्वित भएका र अर्काे वर्षदेखि थप गरी कक्षा ३ सम्मको पढाई सोहि बिद्यालयमा सञ्चालन गरीने गाउपालिकाले जनाएको छ । जिल्लाको मेलौली नगरपालिका पञ्चेश्वर र शिवनाथ गाउपालिका चितुवा प्रभावित क्षेत्रहरु हुन । हाल सम्म सो क्षेत्रमा २३ जानाको चितुवाले ज्यान लिएको छ भने दुइ दर्जन भन्दा बढि घाइते बनाएको छ । चितुवा आक्रमणमा बढि जसो बालबालिका र महिला रहेका छन ।

तस्बिरमाः डागा टोलमा नयां खुलेको बिद्यालयमा उपस्थित बालबालिकाहरु 


यस बिषयमा तपाइको प्रतिक्रिया...!