सुदूरपश्चिममा एकै दिन १८ जनामा कोरोना सङ्क्रमण

Posted on: 23 Aug, 2021

 भदौ ७, डोटी (रासस) । सुदूरपश्चिम प्रदेशमा आज सोमबार एकै दिन १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार ७७४ जनामा गरिएको कोरोनाको नमूना परीक्षणमा १८ जनामा कोरोना सङ्क्रमण देखिएको हो ।

पछिल्लो केही दिनयता सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणका बिरामी बढ्दै गएको पाइएकाले सावधानी अपनाउन निकै जरुरी भएको स्वास्थ्य निर्देशक डा गुणराज अवस्थीले बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोना सङ्क्रमण दिन प्रतिदिन बढ्दै गएको पाइएको छ, सबैले सावधानी अपनाउन जरुरी भएको छ ।” 

निर्देशनालयका अनुसार प्रदेशभरि आजै ५१ ज्ना कोरोना सङ्क्रमण मुक्त भएका छन् । कोरोना सङ्क्रमणका लागि यहाँका नागरिकले सामाजिक दूरीलगायत अन्य स्वास्थ्य मापदण्ड नअपनाएका कारण जोखिम दैनिक बढ्दै गएको स्वास्थ्यकर्मीको भनाइ छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!