उपत्यकामा बदलियो मौसम, पानी पर्ने सम्भावना !

Posted on: 12 Jan, 2022

पुस २८, काठमाडौँ | मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावले आज काठमाडौं उपत्यकामा पानी पर्ने सम्भावना रहेको जनाएको छ। मौसमविद् प्रतिभा मानन्धरका अनुसार पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकामा पानी पर्ने सम्भावना रहेको छ।

पश्चिमी वायुको प्रभाव प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेशमा देखिएको छ। मौसमविद्का अनुसार पश्चिमी वायुको प्रभाव भोलिसम्म रहने देखिएको छ। ‘‘आज देशका विभिन्न क्षेत्रमा हल्का, मध्यम हिमपात र वर्षा भइरहेको छ। यो क्रम भोलि बिहीबारसम्म जारी रहनेछ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!